२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

आभाष अभिजित बेबिल्याण्डको सिद्ध बराह आधारभुत विद्यालयलाई सहयोग

पोखरा, २९ असार । पोखरा महानगरपालिका वडा नं १० अमरसिंहचोकमा सञ्चालित आभाष अभिजित बेबिल्याण्डले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा पोखरा महानगरपालिका वडा नं २३ स्थित सिद्धबराह आधारभुत विद्यालयका छात्रछात्राका लागि शैक्षिक तथा खेलकुदका सामाग्रीसँगै खाजाका सामाग्री वितरण गरेको छ ।

बेबिल्याण्ड सञ्चालन गरी बालबालिकाका लागि आवश्यक खेलकुद तथा पोशाकजन्य सामाग्री विक्री वितरण गर्दै आएका सञ्चालक बुद्धिराज भट्टराईले विक्रीको मुनाफाको केही अंश सहित असहाय एवम् अशक्त बालबालिकालाई लक्षित गरि बेबिल्याण्डमा राखिएको दान पेटिकाको रकमबाट समान खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

आयोजकका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि एवम् रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल र सञ्चालक भट्टराईले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी ढुङ्गाना र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष उपेन्द्र पराजुलीलाई स्टेशनरी, खाद्यान्न तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा रासस गण्डकी प्रदेश प्रमुख पौडेलले व्यवसायसँगै समाजका असहाय तथा अशक्तलाई लक्षित गरी गरिएको सहयोगको प्रशंसा गरे । पारिवारिक विपन्नताका कारण अध्ययन सामाग्रीको अभावमा परेका विद्यार्थीका लागि यस किसिमको सहयोग महत्वपूणर् बन्ने उनले विश्वास व्यक्त गरे ।

बेबिलइाण्डका सञ्चालक भट्टराईले व्यवसायसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत अशक्त तथा असहाय बालबालिकालाई केही सहयोग पुगोस् भन्ने हेतुले अशक्त तथा असहायका लागि सहयोगार्थ छुट्टै पेटिका समेत राखेर सहयोग जुटाउने गरेको बताए ।

सहयोग बाकसमा ग्राहकबाट जम्मा हुने गरेको स्वेच्छिक सहयोगसँगै आफ्नो मुनाफा भएको रकमको केही अंशबाट आभाष बेबिल्याण्डको प्रथम वार्षिकोत्सवका अवसरमा यस वर्ष सिद्ध बराह आधारभुत विद्यालयका छात्रछात्रालाई प्रदान गरिएको बताउँदै उनले यस अभियानलाई निरन्तरता दिइने बताए ।

विश्व कलायात्री प्राज्ञ नगेन सिंहले व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गरी भट्टराईले सुरु गरेको यो अभियान अरुका लागि प्रेरणादायी बन्ने बताए ।

सिद्ध बराह आधारभुत विद्यालयका पूर्व अध्यक्ष उपेन्द्र पराजुलीले यस किसिमको सहयोगले विद्यार्थीहरूको शैक्षिक उन्नयनमा महत्वपूणर् सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पर्फेक्ट सोलुसनका सञ्चालक नवीन श्रेष्ठ, आभाष अभिजित बेबील्याण्डका सञ्चालिका अञ्जना भट्टराई लगायतले बोलेका थिए । उक्त कार्यक्रमसँगै सिद्ध बराह आधारभुत विद्यालयका छात्रछात्रालाई आज विश्वको उत्कृष्ट गन्तव्य नेपालको पोखरास्थित सम्पर्क कार्यालयको अवलोकन गराइएको थियो । उक्त विद्यालयका २२ जना विद्यार्थीलाई प्रकाशोन्मुख नेपाल कलायात्रा पुस्तकको प्रकाशकका रुपमा निशुल्क सहभागी गराइएको उक्त अभियानका अभियन्ता प्राज्ञ नगेन सिंहले जानकारी दिए ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…