
51Shares
पोखरा, ३१ असार । पोखरा १९ निवासी सञ्जय अधिकारी र रेश्मा शेरचन अधिकारीले पहिरोबाट बाँच्न सफल मृतक कुल बहादुरका छोरा बर्ष १७ का पवन परियारलाई १२ कक्षासम्म अध्ययन गर्नका लागि शिक्षादिक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
असार २७ गते विहिवार राती कास्कीको पुरन्चौरमा गएको पहिरोमा परी कुलबहादुर सहित सात जनाको ज्यान गएको थियो । मृतकका छोरा पवन परियार स्थानीय बिन्धेश्वरी मा बि कक्षा १० मा अध्ययनरत छन् । उनिलाई १० कक्षादेखि १२ कक्षा अध्ययन सक्दासम्मको सम्पूर्ण पढाई खर्चदेखि अन्य सहयोग अधिकारी दम्पतीले ब्यहोर्ने बताएका छन् ।
यस अघि पनि अधिकारी दम्पतिले बाग्लुङको बुर्तिवाङका एक किशोरी र एक किशोरलाई १२ कक्षासम्मको सम्पूर्ण खर्च गरी शिक्षा प्रदान गरेका थिए । हाल उनिहरु प्राविधिक शिक्षामा १२ कक्षा उतिणर् गरीसकी रोजगारीमा रहेका छन् । सञ्जय अधिकारी लायन्स क्लब अफ पोखरा आर्दशका पूर्व अध्यक्ष र रेश्मा शेरचन अधिकारी पोखरा अर्पणको पूर्व अध्यक्ष हुन् ।
Sent from my iPhone
51Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















