50Shares

कास्की । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५आई नेपालले कास्की, पर्वत र म्याग्दीका बाढी पहिरो प्रभावितका लागि अत्यावश्क आपत्कालीन राहत सामग्री वितरण गरेको छ । लायन्स अन्तर्राष्ट्रिय फ़ाउण्डेशनको डिजास्टर रिलिफ इमर्जेन्सी ग्रान्ट अन्तर्गत (EMR24692/3251)प्राप्त १० हजार डलर र डिष्ट्रिक्ट ३२५ आई नेपालको डिजास्टर फण्डबाट करिव ३ लाख गरी करिव १६ लाख रक़मबाट बाढी पहिरो पीडितहरूका लागि समान खरिद गरी वितरण गरेको हो ।

जेठ २७ गते विहिवार राती गएको पहिरोका कारण कास्कीको पुरन्चौर र आसपासका बिभिन्न ठाउँमा ज्यान गुमाएका घरबार बिहीन र सम्भावित पहिरो जोखिमका कारण विस्थापित भएका परिवारलाई लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले तत्कालको लागि खाध्यान्नसहित आवश्यकता अनुसार त्रिपाल, लत्ताकपड़ा र एक/एक सेट भाडाँवर्तन सहयोग गरेको हो ।

त्यस्तै लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीले क्रियापुत्रीका लागि १३औं दिनको कार्यको लागि आवश्यक सामग्री समेत प्रदान गरेको थियो ।

मंगलवार म्याग्दीका २८ र पर्वतका १५ घर परिवारका लागि सामान पठाउने तयारी गरेको डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्तले बतार ।

डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको नेतृत्वमा सोमवार पोखरा-१९, पुरन्चौरस्थित तल्लाकोट टारीमा पुगि पहिरोमा परी ज्यान गुमाएका परिवारका सदस्य सहित विस्थापित ११ परिवारलाई खाध्यान्नसहित आवश्यकताका आधारमा त्रिपाल सहयोग गरेको हो ।

पहिरोमा परी कुलबहादुर परियारसहित उनकी श्रीमती, आमा, छोरी, छोरी/ज्वाई र भाउजु सहित सात जनाको ज्यान गएको थियो भने पहिरोमा परी कुल बहादुरका छोरा पवन परियार मात्र बाँच्न सफल भएका थिए ।

कुलबहादुर परियारका दाइ भोजे दमैले पहिरोको जोखिमपछि घरमा नबस्न छिमेकीले भन्दा मानेनन् घटना घट्यो भन्दै आफ्नो श्रीमतीसहित आमा र भाइको परिवार पहिरोमा परी मृत्यु भएको सुनाए ।

राहत सामग्री मृतकका परिवारहरू पवन परियार, सुवर्ण परियार र भोजे दमैसहित सम्भावित पहिरो जोखिमबाट विस्थापित जुठे परियार, मीठु परियार, विष्णुमाया परियार, दिलमाया परियार, निर्जला परियार, बुदीमाया नेपाली, मान बहादुर लामिछाने, महेन्द्र भुजेल लगाएतकाको परिवारलाई लायन्सले आवश्यकता अनुसार खाना पकाउनेदेखि खाना खानेसम्मका एक सेट भाडाँकुँडा, चामल, दाल, नुन, तेल आदि लगायतका खाद्य सामाग्री उपलब्ध गराएको पन्तले जानकारी दिए ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानासहित डिष्ट्रिक्टका सिनियर लिडर स्थानीय रुपमा संयोजन गरेको क्लब लायन्स क्लब अफ पोखरा आदर्श र पोखरा अर्पणका क्लब अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

समान हस्तान्तरण पश्चात संक्षिप्त भनाई राख्दै डिष्ट्रिक्ट गभर्नर ढुंगानाले लायन्सले बाढी पहिराका कारण मृत्यु भएका ब्यक्तिका परिवार र विस्थापित भएका परिवारलाई पहिलो प्राथमिकतामा राखी राहत उपलब्ध गराएको बताए । उनले आवश्यकताका आधारमा सहयोग थप गर्नै आश्वासन दिदै पूर्ण रुपमा क्षति भई घरवार विहिन परिवारको लागि घर निमाणर्मा डिष्ट्रिक्टबाट ५० हजार रुपैया सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

आइतवार मात्र डिष्ट्रिक्ट गभर्नर ढुंगाना, डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्त, डिष्ट्रिक्ट को-चिफ एडभाईजर ऋषि गिरी र डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारीसहितको टोलीले काजकिरियामा बसेका किरियापुत्री र आफन्तजन घाईते तथा विस्थापित परिवारसंग भेटवार्ता सहित समवेदना र सहानुभूति ब्यक्त गरी स्थानीय बासिन्दा लायन्स क्लब अफ पोखरा आदर्शका सदस्य रमेश केसीसँग समन्वय गरी तत्कालको लागि के आवश्यकता छ भनि रिपोर्ट लिएको थियो ।

50Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected