
पोखरा, ३१ असार । आगामी साउन ५ गते शनिवार काठमांडौमा हुन गईरहेको डिष्ट्रिक्ट पदाधिकारी एवं प्रथम क्याविनेट मिटिङलाई भव्य रूपमा सम्पन्न गर्न पोखरेली लायन्सलाई चुल्हैं निम्तो गरिएको छ । क्याविनेट मिटिङमा उल्लेख्य सहभागिताका गराईदिई आयोजकको हौंसला प्रदान गर्नका लागि पोखरेली लायन्सलाई निम्तो दिन पोखरा आएको क्याविनेट मिटिङ मूल आयोजक समितिका संयोजक डिष्ट्रिक्टका पिआरओ ईन चिफ बिष्णु प्रसाद भण्डारीले बताए ।
तयारी तीव्र गतिले अघि बढ़ेको छ, तयारी कै क्रममा पोखरा क्षेत्रमा रहेका लायन्स लिडरहरूलाई विशेष निमन्त्रणा दिन काठमांडौबाट पोखरा आएको भण्डारीले बताए ।

भण्डारीको संयोजक रहेको मूल आयोजक समिति गठन गरी विभिन्न उप–समिति बनाईएको छ । बिभिन्न उप–समिति मध्ये रजिष्ट्रेसन उपसमितिका संयोजक सन्दीप पराजुली सदस्य डा. गोपाल प्रधान र रामहरी सिलवाल पनि निमन्त्रणा दिन पोखरा आएका थिए ।

डिष्ट्रिक्ट पदाधिकारी एवं प्रथम क्याविनेट मिटिङका आवश्यक तयारी द्रुत गतिमा अगाडी बढ़ेको रजिष्ट्रेसन उपसमितिका संयोजक सन्दीप पराजुलीले जानकारी दिए । उनले भने, ‘कार्यक्रमको तयारी द्रुत गतिमा भइरहेको छ, कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न हामी तयारीमा जुटिरहेका छौं ।
रजिष्ट्रेसनलाई प्रभावकारी बनाउनका लागि काठमांडौं र पोखरा एरियामाका क्लस्टर प्रमुखहरूलाई समेत जिम्मेवारी प्रदान गरिएको रजिष्ट्रेसन उप–समिति संयोजक सन्दीप क्षेत्रीले बताए । उनका अनुसार रजिष्ट्रेसन कमिटीमा क्लस्टर एक देखि १२ सम्मका क्लस्टर चिफहरू क्रमशः खाम बहादुर थापामगर, भावना बसेल, विष्णु श्रेष्ठ, दिल बहादुर थापा, नगेन्द्र राज बराल, अनिता थापा बिष्ट, धिरज श्रेष्ठ, कल्पना पौडेल घिमिरे, लक्ष्मी प्रसाद कटेल, पृथ्वी राज अर्याल, संगिता थापा के.सी र शारदा न्यौपानेलाई जिम्मेवारी प्रदान क्षेत्रीले बताए ।
कार्यक्रम सम्पन्न गर्नका लागि काठमांडौंस्थित विभिन्न लायन्स क्लबहरूद्वारा संयुक्त रूपमा आयोजना हुने छ । जसमा, लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध, काठमाडौ मध्य शहर, काठमाडौं तारकेश्वर प्लानेट, काठमाडौं समर्पण, काठमाडौं तारकेश्वर, काठमाडौं सामाखुशी, काठमाडौं टेम्पल गणेश, काठमाडौं गुलमोहर टाइकुन, काठमाडौं भृकुटी, काठमाडौ टेम्पल पिस काभ्रे र काठमाडौं निलगिरीले संयुक्त रूपमा गर्ने छन् ।
‘क्याविनेट मिटिङलाई सबै किसिमले उत्कृष्ट बनाउन चाहन्छौं, धेरै भन्दा धेरैको रजिष्ट्रेसन रहोस् भन्ने हाम्रो चाहना छ’ रजिष्ट्रेशन उप–समिति सदस्य रामहरि सिलवालले भने, ‘रजिष्ट्रेसन उप–समितिले आफ्नो कामलाई अगाडी बढ़ाएको छ । हामी विश्वस्त छौं, उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न गर्ने छौं ।
रजिष्ट्रेशन उप–समितिका अर्का सदस्य डा. गोपाल प्रधानले सहभागिताका लागि सबैलाई निम्तो दिदै भने, ’यो कार्यक्रम सम्पूर्ण लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका सम्पूर्ण क्लबहरूको कार्यक्रम हो । त्यसैले, उल्लेख्य रजिष्ट्रेशन गराई कार्यक्रममा सहभागी भइ दिन सम्पूर्ण लायन्स सदस्यहरुलाई अनुरोध गर्दछौं ।’
मूल आयोजक समितिका संयोजक विष्णु भण्डारीको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाकोे प्रमुख आतिथ्यता पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको बिशेष आतिथ्यतामा तयारी भेला सम्पन्न भएको थियो ।
भेलामा बोल्दै डिष्ट्रिक्ट गभर्नर ढुंगाना र पूर्व डिष्ट्रिक्ट गभर्नर बसेलले पोखरा स्थित सम्पूर्ण क्लबको साथ र सहयोग रहने प्रतिबद्वता व्यक्त गर्दै क्लब अध्यक्षहरूलाई क्लब सदस्यहरूको उल्लेख्य सहभागिता गराई फेलोशिप गराउने अवसरको सदुपयोग गर्न सुझाएका थिए ।
रजिष्ट्रेसन उपसमितिका संयोजक सन्दीप पराजुली क्षेत्रीको संचालनमा रहेको कार्यक्रममा पोखरा एरियाका क्लस्टर प्रमुखहरु २ का भावना बसेल, ४ का दिल बहादुर थापा, ४ का नगेन्द्रराज बराल र ३ का क्लस्टर को चिफ रेश्मा अधिकारीले आ आफ्ना क्लस्टर भित्रका प्रगति बारे भनाई राखेका थिए ।


