46Shares
काठमांडौ । लायन्स क्लब अफ पोखरा पिस सिटीले प्रस्तावित नयाँ क्लब, लायन्स क्लब अफ काठमांडौ पिस क्यापिटलको पहिलो अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
शनिवार काठमांडौंमा सम्पन्न उक्त तालिममा प्रमुख अतिथी डिष्ट्रिकका ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुगांना, पिस सिटीका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट एक्जुकेटिभ सुदीपराज ढुगांना, पिस सिटीका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट एम्बास्डर प्रशान्तराज धमला लगाएतले लायनवादका बिविध पक्षहरुका बारेमा जानकारी गराएका थिए।
लायन्स क्लब अफ काठमांडौं क्यापिटल नामकरण गरी प्रस्तावित ग़रिएको क्लबको संस्थापक अध्यक्षमा पुतली सडकस्थित ग्लोबल मुन कन्सलटेन्सीका संचालक कृष्ण आचार्य रहने छन् भने क्लबमा बिभिन्न क्षेत्रमा संलग्न २० जना सदस्यहरु रहेका छन् ।
46Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।