3Shares
पोखरा भ्यूज
काठमाडौं । साताको पहिलो कारोबारमा नेप्से सूचकमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको १ मिनेट ३१ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि शेयर कारोबार रोकिएको छ । शुक्रबार जारी मौद्रिक नीतिले नेप्सेमा सकारात्मक प्रभाव पारेको विश्लेषकहरुको भनाई छ ।
यसअघि प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३८ अंक बढेर बन्द भएको थियो ।अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३२.०२ अंक घटेर २५६८.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३८.२७ अंक बढेर २६०६.४१ विन्दुमा पुगेको छ।
आइतबार प्रि ओपन सेसनमा १९२ स्टकको १ हजार १९७ पटकको कारोबारमा ९ करोड ६८ लाख ५३ हजार ४०५ रुपैयाँ ७० पैसा बराबरको १ लाख ८० हजार ५०६ कित्ता शेयर खरिदबिक्री भएको थियो ।
3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।