
स्याङजा । पाणिनी गुरुकुलम् तथा पाणिनी आश्रममा खाधान्न तथा यूरोगार्ड वितरण गरिएको छ । मानवता हाम्रो प्राथमिकता भन्ने डिष्ट्रिक्टको नारालाई आत्मसाथ गर्दै भोकालाई भोजन अनुरूप गर्दै डिस्ट्रिक्ट ३२५ आई नेपाल जोन ४ अन्तर्गतका ५ वटा क्लब मिलेर स्याङजाको पुतलीवजार नगरपालिका वडा नं १४ को श्री पाणिनी गुरुकुलम् तथा पाणिनी आश्रममा खाधान्न तथा यूरोगार्ड वितरण गरिएको हो ।
जोन ४ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा प्रोफेसनल, पोखरा स्मार्ट, पोखरा महाशिला, पोखरा साधना र फ़र्निसिंगको आयोजनामा आयोजित कार्यक्रम लायन्स क्लव अफ पोखरा फर्निसिङका अध्यक्ष गोविन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पुतलीवजार नगरपालिका वडा नं १४ का वडाध्यक्ष जितेन्द्र प्रकाश मल्लले लायन्सले सधै परोपकारी काम गर्दै आएको छ यसको अनुसरण सबैले गर्नुपर्ने बताउदै सहकार्य गर्न तयार रहेको जनाए ।
क़ार्यक्रममा श्री १००८ स्वामी हंशानन्द महाराजजीले पवित्र भुमिमा लायन्सले गरेको दानको प्रशंसा गर्दै संस्थाले धार्मिक जगेर्ना गर्न र वैदिक धर्मको संरक्षण अभियानमा लायन्स क्लबलाई परोपकारी काम गर्न सूझाए ।
लायन्स क्लब अफ पोखरा फ़र्निसिंगका निवर्तमान अध्यक्ष मदन केसीको संचालन आश्रमका बटुकहरुबाट स्वस्ती बाचन गरिएको कार्यक्रममा डिष्ट्रिक्टका हंगर रिलिफ चिफ हिरा भण्डारीले लायन्सले रहेक क्षेत्रमा सहयोग गरिहहेको बताउदै सही ठाउँमा कार्यक्रम लिएर आउन पाउँदा आफू पवित्र भएको बताईन् । क्लस्टर को-चिफ सुशिल पौडेलले आफ्नो जन्मभुमिमा कार्यक्रम गर्ने वातावरण मिलाएकोमा ५ वटै क्लबलाई र सहयोग ग्रहण गरेकोमा आश्रम व्यवस्थापन समितिलाई धन्यबाद व्यक्त गरेका थिए ।
आश्रम व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भण्डारी, रिजन चेयरपर्सन जिवनप्रकाश श्रेष्ठ, जोन चेयरपर्सन सिता पौडेल, लायन्स क्लब अफ पोखरा प्रोफेसनलका नि अध्यक्ष शोभाकान्त पौडेल, लायन्स क्लव अफ पोखरा स्मार्टका अध्यक्ष रामकृष्ण बानिया, लायन्स कलव अफ पोखरा महाशिलाका अध्यक्ष विष्णु अधिकारी साथै सबै क्लबका पदाधिकारी एवं सदस्यहरु तथा स्थानिय अविभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो।





























