पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको पोखरा क्षेत्रको क्लब पदाधिकारी पदस्थापन समारोह शुभारम्भ भएको छ ।
विहिवार एस आर केसी बेंक्यूईट माटेपानीमा डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन ३ अन्तर्गत क्लबहरू लायन्स क्लब अफ पोखरा आदर्श चौतारी, पोखरा समर्पित, पोखरा गृहलक्ष्मी र पोखरा पुष्प वाटिकाको संयुक्त पदस्थापन सम्पन्न गरी शुभारम्भ भएको हो ।
पदस्थापन समारोहमा पदस्थापन अधिकृत लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर बिनोद ढुंगानाले चारवटा क्लबका नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापित गराएका हुन् भने प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले क्लबमा भित्रिएका नयाँ सदस्यहरुलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउँदै परिचय गराएकी थिईन् ।
समारोहमा सुवानी आचार्य र श्रेया आचार्यले स्वागत नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा लायन्स क्लब अफ पोखरा समर्पितद्वारा वार्षिक गतिबिधी समावेश गरी प्रकाशित स्मारिका विमोचन गरिएको थियो ।
पदस्थापन समारोहमा लायन वर्ष २०२२/२३ का अध्यक्षहरू लायन्स क्लब अफ पोखरा आदर्श चौतारी, पोखरा समर्पित, पोखरा गृहलक्ष्मीका अध्यक्षहरू क्रमशः दामोदर आचार्य, बिमला बसेल र शारदा पोखरेल तिवारीले आ–आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र २०२३/२४ का लागि पदस्थापित अध्यक्षहरु सूर्यप्रसाद पोखरेल, बिजय थापा, दुर्गा थापा क्षेत्री र नयाँ क्लब पोखरा पुष्प वाटिकाका अध्यक्ष भिमप्रसाद न्यौपानेले क्लबले हालसम्म सम्पादन गरेका कार्यसहित भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका डिष्ट्रिक्ट गभर्नर ढुंगानाले कार्यकाल सुरू भएको एक महिनाको अवधिमा डिष्ट्रिक्टले प्राप्त उपलब्धिले आफु उत्साहित भएको बताए । हालसम्मको उपलब्धि बारे चर्चा गर्दै गभर्नर ढुंगानाले लायन्स अन्तर्राष्ट्रियमा २० वटा नयाँ क्लब चार्टर, २६ जनाले एलसिआईएफमा योगदान सहित यस बर्षको डिष्ट्रिक्टको नारा मानवता हाम्रो प्राथमिकता अन्तर्गत मानविय संबेदनामा थुप्रै कार्य गरिएको बताए । जस अन्तर्गत कास्की, पर्वत म्याग्दीका केही स्थानमा गएको बाढ़ी पहिरोबाट विस्थापित परिवारका लागि लायन्स अन्तर्राष्ट्रियबाट ईमरजेन्सी ग्रान्ट प्राप्त गरी अत्यावश्यक सहयोग सामग्री उपलब्ध गराईएको बताए । त्यस्तै, भोकलाई भोजन अन्तर्गत फ़ुड बैकको स्थापना, लायन्स पाठशाला संचालन, अपाङगतासँगको आत्मीयता अन्तर्गत एचआरड़िसीको सहयोगमा फरक क्षमता भएकाका लागि छिट्टै प्रोजेक्ट संचालन लगाएत शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक र मानवीय सेवाका साथै नेतृत्व विकासमा उल्लेख्य काम सम्पन्न गरिएको बताए ।
कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी र पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले पदस्थापित क्लब अध्यक्ष लगाएतलाई बधाई सहित शुभकामना व्यक्त गर्दै डिष्ट्रिक्टले यी क्लबबाट आउँदा दिनमा लायन्सका सबै क्षमता बोक्न सक्ने नेतृत्वको आश गरेको बताएका थिए ।
दुई सत्रमा संचालित पदस्थापन समारोहको पहिलो सत्र आदर्श चौतारीका बर्ष २०२३/२४ अध्यक्ष दामोदर आचार्य र दोस्रो सत्रको अध्यक्षता गृहलक्ष्मीका २०२४/२५ का अध्यक्ष दुर्गा थापाको अध्यक्षतामा सम्पन्न संयुक्त पदस्थापन समारोह सम्पन्न भएको थियो । संचालन पोखरा समर्पितका सचिव सरु बसेल पोखरा गृहलक्ष्मीका सचिव पुनम श्रेष्ठ गुरुङले गरेका थिए । गृहलक्ष्मी प्रथम उपाध्यक्ष अन्जना गोशली र पुष्प वाटिकाका सरोज बराललगाएतले पनि बोलेका थिए ।