0Shares

पोखरा भ्यूज
पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घाचोकस्थित ढावा पुल नजिक पोथी चितुवा मृत भेटिएको छ । अन्दाजी चारदेखि पाँच वर्षको चितुवा पासोसहित मृत अवस्थामा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार चितुवा पासोमा परेर मरेको अवस्थामा भेटिएको थियो । चितुवाको घाँटीमा चोट लागेको छ । स्थानीयले चितुवा मृत देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी र एक्यापका प्रतिनिधिहरु घटनास्थल पुगेका थिए । मृत चितुवाको शल्य परीक्षण गरी मुचुल्का समेतका कागजात बनाई गाडिएको छ । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले बताएको छ ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected