0Shares

पोखरा भ्यूज
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले उनलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो ।

उनलाई प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नियुक्ति दिने छन् । लामो समयदेखि पोखरा उच्च अदालत पोखरामा कायममुकायम मुख्य न्यायाधीशको नेतृत्वमा कार्यसम्पादन हुँदै आएको थियो । उच्च अदालत पोखरा का.मु. मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा सरुवा गरिएको छ । उनी हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा कार्यरत थिए ।

त्यस्तै राजश्व न्यायाधिकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा पोखरा उच्च अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय परिषद्ले गरेको छ । पाण्डे उच्च अदालत पाटनबाट दुई साता अघि मात्र उच्च अदालत पोखरामा सरुवा भएका थिए । राजश्य न्यायाधीकरण पोखरामा यसअघि न्यायाधीश भट्टराईलाई उक्त जिम्मेवारी दिइएको थियो ।
शुक्रबार बसेको परिषद्को बैठकले ३५ जिल्ला न्यायाधीश नियुक्तिर २१ जिल्ला न्यायाधीशहरूको पनि सरुवा गर्ने निर्णय समेत गरेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected