पोखरा भ्यूज
काठमाडौँ । न्याय परिषद्ले देशभर रिक्त ३५ जिल्ला न्यायाधीश नियुक्तिका लागि न्याय सेवा, सरकारी वकिल र कानून सेवाका ३५ उपसचिवहरुलाई सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा न्याय परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका हो ।
यसरी सिफारिस हुनेमा यसअघि लोकसेवा आयोगले जिल्ला न्यायाधीशका लागि गत वैशाख महिनामा सञ्चालित परीक्षामा फेल भएका उपसचिवहरु पनि अटाएका छन् । संविधानले उनीहरू योग्य हुने भनेकाले परिषद्ले उनीहरूलाई पनि समावेशी गरी जिल्ला न्यायाधीश सिफारिस गरेको परिषद्को दाबी छ । जिल्ला न्यायाधीश परीक्षामा आठ जना मात्र उत्तीर्ण भएका थिए ।
परिषद्ले उच्च अदालत र सर्वोच्च अदालतमा रिक्त न्यायाधीशबारे कुनै निर्णय गरेको छैन । यद्यपि उच्च अदालतमा १० र सर्वोच्च अदालतका ४ जनाको पद रिक्त रहेको छ । तथापि उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा डा रत्नबहादुर बागचनलाई नियुक्त गर्न सिफारिस गरेको छ । लामो समय उच्च अदालत पोखरामा कायमुकायम मुख्य न्यायाधीश रहेका राजनप्रसाद भट्टराई भने उच्च अदालत जनकपुर अस्थायी इजलाश विरगंजमा सरुवा गरिएको छ ।
यसरी सिफारिस भएका न्यायाधीशहरुलाई परिषद्ले नै विभिन्न जिल्लामा पदस्थापन पनि गर्ने छ । शुक्रबार सिफारिस भएका जिल्ला न्यायाधीशहरुको विवरण यस्तो छः
न्याय-परिषदको-निर्णय-मिति-२०८१०४२५