23Shares

पोखरा । पशुचौपाया अनुत्पादक भएपछि सडकमा छाडिएकाको व्यवस्थापनका लागि पोखरा१४, बाच्छेबडुवामा संचालनमा रहेको पुष्करिणी परोपकार गोकुलधामका गौ प्राणीलाई आहार अर्पण गरिएको 

शनिवार लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको महिला मात्रको क्लब लायन्स क्लव अफ पोखरा अमरबुद्धले गोकुलधाममा गौ आहार अर्पण गरेको क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट कोचिफ एडभाईजर शान्ता देवी थापा भण्डारीले जानकारी दिईन् 

उनका अनुसार क्लबका अध्यक्ष मन्जु कार्कीका छोराको जन्मदिनको अवसर पारी क्लब मार्फ़त दाना, चोक्कर, ढुट्टो, मकैको पिठ्ठो, नुन लगायतका सामाग्री अर्पण गरिएको थियो

गौ आहार सामग्री ग्रहण पछि आफ्नो भनाई राख्दै राष्ट्रिय परोपकार महासङ्घका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुलधामका परिकल्पनाकार भागवत आदि शास्त्रका बाचक युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले घचघच्याउनका लागि गोकुल धामको प्रारम्भ गरिएको बताए । उनले गौ सेवाको अभियानलाई अभिप्रेरित गर्दै परोपकारी कर्मसँग मानवीय क्रियाकलापहरूलाई जोड्न लायन्स क्लब अमरबुद्वको यो अभियान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले धार्मिक रूपमा महत्त्व बोकेकी गौ माताको सेवाका लागि अब टाढाको तीर्थ जानु नपर्ने भन्दै त्यसका लागि गोकुलधाम नै काफी हुने पनि बताए।

क्लवका अध्यक्ष मन्जु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका हंगर रिलिफ चिफ हिरा भण्डारी, क्लबका पूर्व अध्यक्ष एवं क्लस्टर चिफ बिष्णु श्रेष्ठरिजन चेयरपर्सन सूर्य चपाई, जोन चेयरपर्सन राज कुमार घिमिरे, क्लबका पूर्व अध्यक्षहरू डा. दुर्गा काफ्ले, चाँदनी हमाल, शारदा गौतमलगाएत क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो

गौशाला सञ्चालनको दिगो स्रोत खोजी गर्ने उद्देश्यले गएको पुस २६ देखि माघ गतेसम्म महायज्ञ समेत लगाइएको थियो हाल गौशालामा २०० बढी गाईहरू संरक्षित छन्

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected