२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आई नेपालको डिएलएलआई शुरु

गोरखा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबका अध्यक्षहरुका लागि नेतृत्व विकास कार्यक्रम (डिएलएलआई) गोरखामा शुक्रवार देखि शुरु भएको छ ।

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर विनोद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको एक समारोह बीच लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले उद्घाटन गरेका छन् । तीन दिने नेतृत्व विकास कार्यक्रममा सार्वजनिक भाषण तथा उद्घोषणकला, नेतृत्व विकास, लायनवादका आधारभूत सिद्धान्त, डिष्ट्रिक्टको यस बर्षको नारा मानवता  पहिलो प्राथमिकता  सहित क्लबको उत्कृष्टताका लागि सामूहिकता, नेतृत्व विकास सम्वन्धी विभिन्न अभ्यास लगायतका विषयमा एलसीआइएफ एरिया लिडर राजन लम्साल, मल्टीपल डिष्ट्रिक्ट को-अर्डिनेटर डि.के. ढुङ्गाना, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गर्भनरहरू दिनेश श्रेष्ठ, इन्दु लम्साल, मोटिभेसनल स्पिकर नर बहादुर कार्की, डिष्ट्रिक्ट गर्भनर विनोद ढुङ्गाना, डिएलएलआई चिफ एवं डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे लगायतले सहजीकरण गर्ने छन् ।

कार्यक्रममा डिष्ट्रिक्टका ८६ वटा क्लब अध्यक्षको सहभागीता रहेको डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले जानकारी दिए । कार्यक्रम शुरु हुन अघि गोरखा बजारको हरमटारी चोकबाट बाजासहितको लायन्सको र्रयालीले बजार परिक्रमा गरेको थियो ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…