68Shares

पोखरा। लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर तीन रिजन छ जोन ११ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको

बुधवार लायन्स क्लब अफ पोखरा अर्पण, पोखरा अमरबुद्ध, पोखरा न्यू भिजन  सूपर भिजनको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको हो 

पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्टिक्ट गर्भनर बिनोद ढुङगानाले क्लबमा भित्रिएका नयाँ सदस्यलाई लायन सिद्धान्त मान्यताबारे जानकारी तथा क्लबका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीलाई पदस्थापन गराएका हुन्

कार्यक्रममा लायन्स क्लब अफ पोखरा अर्पण, पोखरा अमरबुद्ध, पोखरा न्यू भिजनका बर्ष २०२३/०२४ का अध्यक्षहरू क्रमशः उर्मिला बस्नेत, डा. दुर्गा काफ्ले र लक्ष्मण सुनारले आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन २०२४/२५ का लागि पदस्थापित अध्यक्षहरू क्रमशः राधा पाण्डे, मन्जु कार्की सुरेन्द्र बिश्वकर्मा (रामदाम)  आजमात्र चार्टर प्राप्त क्लब पोखरा सुपर भिजनका अध्यक्ष विशाल खड्काथोकीले भावी कार्यक्रम प्रस्तुत गरेका थिए

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लायन्सले समाजमा गरेका सेवाका कार्यले आफु प्रभावित भएको बताउदै सम्पन्न गरिएका कार्यलाई संस्थागत गर्न सूझाए  लायन्सले समाजमा शिक्षा स्वास्य, वातावरण, सामाजिक मानवीय सेवाका कार्यका साथै नेतृत्व विकासमा उत्कृष्ट काम गरी समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरेका थिए

पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्टिक्ट गर्भनर ढुङगानाले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यहरूको निरन्तरता गर्न बाँकी रहेका सबै सेवा कार्यहरूलाई बर्ष २०२४/२५ मा अगाडी बढ़ाउदैमानवता पहिलो प्राथमिकताभन्ने नारालाई वर्षभरि नै प्राथामिकतामा राखेर काम गर्न सफल नेतृत्वको उदाहरण प्रस्तुत गर्न अध्यक्षहरूलाई आग्रह गरेका थिए

लायन्स क्लब अफ पोखरा अर्पण लायन बर्ष २०२३/२४ का अध्यक्ष उर्मिला बस्नेत लायन्स क्लब अफ पोखरा न्यू भिजनका लायन बर्ष २०२४/२५ का अध्यक्ष सुरेन्द्र विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर राम बसेल, क्लस्टर का क्लस्टर चिफ बिष्णु श्रेष्ठ, जोन चेयरपर्सन राज कुमार बी घिमिरे,  लायन्स क्लब अफ पोखरा अर्पणका बर्ष २०२३/२४  का सचिव रन्जना थापा अमरबुद्वका बर्ष २०२४/२५ का सचिव सरला फुयाललगायतले आफ्नो भनाई राखेका थिए । 

कार्यक्रममा लायन्स क्लब अफ पोखरा अमरबुद्वले निवर्तमान अध्यक्ष डा दुर्गा काफ्लेलाई सम्मान गरेको थियो । सो अवसरमा गण्डकी स्टार सिजन ४ विनर कृशीका बी घिमिरेले आफ्नो प्रस्तुति प्रस्तुत गरेकी थिईन् ।

68Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected