पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल कलष्टर ३, रिजन ५, जोन ९ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
विहिवार पोखरा माटेपानीस्थित एस आर केसी बेन्क्यूटमा सम्पन्न पदस्थापन समारोहमा पदस्थापित भएका जोन ९ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा डल्फिन, पोखरा फरक अभियान, पोखरा ग्लोरी र यसैबर्ष मात्र स्थापना भएको नयाँ क्लब पोखरा ड्रिमल्याण्ड रहेका छन् ।
चारवटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन अधिकृत डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले पदस्थापित गराएका थिए भने डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले नयाँ सदस्यलाई लायनवादका मूल्य र मान्यता बारे अवगत गराई सपथ गराएकी थिईन् ।
कार्यक्रममा गतबर्षका अध्यक्ष क्रमशः रेबती भण्डरी, हरिहर पराजुली र अग्रिम श्रेष्ठले आफ्ना कार्यकालमा सम्पादन गरेका कार्य प्रस्तुत गरेका थिए भने आज मात्र पदस्थापित लायन बर्ष २०२४/०२५ का अध्यक्ष गोबिन्द बहादुर खड्का, आदर्श मोहन भट्टराई, श्रीराम शर्मा सापकोटा तथा नयाँ क्लब ड्रिमल्याण्डका अध्यक्ष सुमनप्रसाद श्रेष्ठले हालसम्म क्लबले सम्पादन गरेका कार्यसहित भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
समारोहमा बटुकहरूद्वारा स्वस्ति वाचन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो भने पोखरेली कलाकार माग्ने बुढ़ा र धर्मुसले आफ्नो कला प्रस्तुत गरेका थिए ।
लायन्स क्लब अफ पोखरा फरक अभियानका अध्यक्ष हरिहर पराजुली र डल्फिनका अध्यक्ष गोविन्द खड़काको अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा द्वितीय भाईस गभर्नर सूर्यकुमार केसी, पूर्व डिष्ट्रिक्ट गर्भनर रामबहादुर बसेलले मन्तव्य राखेका थिए ।
कार्यक्रममा डल्फिनका सचिव गणेश थापा र ग्लोरीका सचिव विकल श्रेष्ठको संचालन रहेको कार्यक्रममा डल्फिनका पूर्व अध्यक्षद्वय सन्त बहादुर लामिछानेले स्वागत र तिलक प्रसाद तिवारीले धन्यवाद मन्तव्य राखेका थिए ।