पोखरा । पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन भएका छन् । परिषदको बुधवार पोखरामा सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट गाउँ पर्यटन प्रबर्द्धन मंच नेपाल(भिटोफ)गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारी आगामी दुई बर्षीय कार्यकालको लागि अध्यक्षमा चयन भएका हुन् ।
त्यसै गरी परिषदको सदस्यमा हरि भुजेल, चौ बहादुर गुरुङ, बाबुराम पाण्डे, निम मगर, जीवन सापकोटा र नारायण सुवेदी चयन भएको निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । अन्य पदाधिकारी सहित थप ३जना सदस्य अध्यक्षको तजविजमा चयन हुने भएको छ ।
यस अघि उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले गर्दै पोखरामा पर्यटनको बसाई अवधि लम्बाउन वाटर स्पोट्र्स सम्बन्धि गतिविधि गर्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा पोखराका अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेललाई सम्मान गरिएको निर्तमान महासचिव संजयकान्त सिग्देलले बताए । होटल बाराही सहित नेपालको पर्यटन क्षेत्रमा विभिन्न ठाँउमा पर्यटन क्षेत्रमा लगानी गरी पर्यंटन क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको परिषदले जनाएको छ ।

