64Shares

पोखरा भ्यूज

पोखरा, १७ भदौ लायन्स क्लब अफ पोखरा अन्जुली, पोखरा आरम्भ पोखरा उद्यमीको संयुक्त आयोजनामा आज पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा नगदसहित खाद्यान्न वितरण गरिएको

एक समारोहका बीच क्लबका तर्फबाट बृद्धाश्रमका बृद्धबृद्धालाई एक छाक भोजनसँगै चामल, दाल, तेल, खाजाका समाग्री नगद १५ हजार हस्तान्तरण गरिएको हो । 

लायन्स क्लब अफ पोखरा अन्जुलीका अध्यक्ष साधना थापा, पूर्व अध्यक्ष निरा कोईराला, अध्यक्ष थापाका भाई बुहारी शान्ती कार्की तीन जना कै छोराहरूको भदौं महिनामा पर्न गएको शुभजन्मोत्सवको अवसरमा १५ हजार नगद र भर्खर मात्र गठन भएको क्लब उद्धमीले खाध्यान्न उपलब्ध गराएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट कोचिफ एडभाईजर शान्तादेवी थापा भण्डारीले राधाकृष्ण बृद्धाश्रममा बृद्धबृद्धाका लागि राम्रो व्यवस्था भएको भन्दै खुसी व्यक्त गरेकी छन् । सामाजिक भावनाका साथ यस किसिमका संस्थालाई सहयोग गर्नुपर्ने उनको भनाई थियो

राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले यस्तै सहयोगी हातका कारण बृद्धाश्रमको सञ्चालनमा सहयोग पुगेको बताए लायन्स क्लब सम्बद्ध संस्थाको धेरै योगदान रहेको उनले बताए

लायन्स क्लब अफ पोखरा अन्जुलीका साधना थापाको अध्यक्षता एवम् सचिव माया थापाले सञ्चालन गरेको कार्यक्रममा डिष्ट्रिक्ट कोचिफ एडभाईजर अमृत शोभा खत्री, डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, क्लस्टर का क्लस्टर चिफ डिलबहादुर थापा, डिजी प्रोग्राम चेयरपर्सन सोनी तामाङ, रिजन चेयरपर्सन निरा कोईराला, जोन चेयरपर्सन सकुन्तला केसी, लायन्स क्लब अफ पोखरा आरम्भका संस्थापक अध्यक्ष गणेश बस्नेत, पोखरा उद्धमीका सचिव मिलन आले मगर, सल्लाहकार लोकेन्द्र राई, तीनवटै क्लबका पदाधिकारीलगाएत सञ्चारकर्मीको उपस्थिति थियो

64Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected