48Shares

सूर्य प्रसाद बाँस्टोला, पोखरा । हेमबहादुर पुन स्मृति प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा एवं अधिवेशन सम्पन्न भएको अध्यक्ष रविन्द्र पुन मगरको अध्यक्षतामा सम्पन्न साधारण सभा एवं अधिवेशन पूर्व मन्त्री उत्तमबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो

सभामा महासचिवले पेश गरेको संस्थाको प्रगति प्रतिवेदन कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो 

अधिवेशनले संगीता पुन मगरको अध्यक्षतामा आगामी वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको । जसमा उपाध्यक्षमा रामबहादुर मगर, महासचिव मेकबहादुर पुन मगर, सचिवमा सूर्यप्रसाद बास्तोला, कोषाध्यक्षमा नानीमैया पुन मगर सर्वसम्मत निर्वाचित भएका छन्

त्यस्तै, कार्यसमितिको सदस्यहरुमा क्रमशः भक्तबहादुर पुन मगर, पूर्णप्रसाद शर्मा, कमला पुन मगर चयन भएका छन् भने सदस्यीय विभिन्न क्षेत्रसँग सम्बन्धीत रहेका व्यक्तित्वहरुलाई समावेश गर्ने निर्णय गरिएको निवर्तमान अध्यक्ष रवीन्द्र पुन मगरले जानकारी दिए

हेमबहादुर पुन मगरको स्मृति प्रतिष्ठान पोखरा रामबजार कार्यालय रहेको छ । प्रतिष्ठानका संरक्षकको रुपमा हेमबहादुर पुन मगरका माहिला छोरा पुर्व मन्त्री उत्तमबहादुर पुन रहेका छन् ।

हेमबहादुर पुनको परिचय

वि.सं. १९७५ बैशाख गते म्याग्दीको तत्कालिन शिख गाविस वडा नं. हाल अन्नपुर्ण गाउँपालिका स्वातमा बुवा जंगबहादुर पुर्जा मगर आमा हुलामाया पुन मगरको दुई छोरी तीन भाई छोरा मध्ये कान्छा छोराको रुपमा हेमबहादुर पुनको जन्म भएको थियो हेमबहादुर पुन मगर विश्व युद्धका योद्धाताका ब्रिटिश आर्मीमा सन् १९३५ मा / गोर्खा राईफल्समा भर्ती भएका थिए आर्मी जीवनमा विविध ट्रेनिङहरु लिएर दोश्रो विश्व युद्धमाबर्मामा एक्टिङ जम्दारको पदभार सम्हाल्दै युद्ध मैदानमा होमिएका थिए त्यो नरसंहारयुक्त युद्धदेखि बचेर सन् १९४५ मा कम्पनी फर्कदा उनको जम्दार पद नै खोसियो  दुःख गरेर लडाई लडे पश्चात पद नरहेपछि आफ्नै देश फर्की आफ्नै देशको सेवा गर्छु भन्ने भावना पलाएपछि उनि अवकाश लिएर नेपाल फ़र्किएका थिए

नेपाल फर्के पश्चात शाही नेपाली सेनाको अधिकृत पद सेकेण्ड लेफ्टिनेन्ट पदमा भर्ती भए ब्रिटिश आर्मीमा विविध तालिम लिई विश्व युद्ध लडेका व्यक्ति भएका कारण नेपाल आर्मीमा भर्ती हुन उनलाई त्यति गाह्रो भएन र सजिलै नेपाली सेनाको उच्च पदमा भर्ती हुन सफल भए

२००६ सालतिर नेपाली सेनामा ११ महिना कार्य गर्दै गर्दा राजनीतिक अन्यौलताका बीच राजा त्रिभुवन भारत प्रस्थान गरे यस बीचमा आर्मीमा अन्योलता छायो कसैले ज्ञानेन्द्र राजा भएको हुँदा उनैलाई राजा मान्ने भन्ने कुरा कसैले राजा त्रिभुवनलाई नै राजा मान्नुपर्छ भन्ने तर्कहरु चलेका कारण उनि लगायत आर्मीका २७ जनाले सेनाको जागीर छाडी राजा त्रिभुवनलाई के कसो गर्ने भनेर बुझ्न दिल्लीतर्फ लागे

दिल्लीमा राजा त्रिभुवनसँग दर्शनभेट पश्चात राणा शासनविरुद्ध हेमबहादुर पुन जनक्राान्तिमा वीरगञ्जको मोर्चामा संलग्न भए क्रान्तिमा जीबी याक्थुम्बा, पुर्णसिंह खवास, बीपी कोइराला, हिलमानसिंह थापा, सुवर्णशम्शेर आदि नेताहरुसँग उनको भेट भइरहन्थ्यो भने विराटनगर गोश्वारा हुलाकमा आफ्नो कमाण्डिङमा १४ दिनसम्म आक्रमण गरी अन्त्यमा सो ठाउँ कब्जा गर्न सफल भएका थिए

२००७ सालमा प्रजातन्त्र आए पश्चात राजा त्रिभुवनको पहिलेदेखि काम गरिरहेका सबैलाई सोही पदमा पुनर्वहाल गरे यसरी मुक्ति सेनामा संलग्न हेमबहादुर पुन मगर २००८ सालमा क्याप्टेन पदमा पदोन्नति भई नेपाली सेनामा फर्के

२०१२ सालमा तत्कालीन सरकारले आर्मीमा रहेकाहरु पुलिसतर्फ पुलिसमा रहेकाहरुलाई आर्मीतर्फ जान सकिन्छ भन्ने नियम ल्याए पछि आर्मीमा भन्दा पुलिसतर्फ गई कार्य गर्न इच्छुक रहेको हुँदा हेमबहादुर पुनले पुलिसतर्फ स्थानान्तरण भई इन्सपेक्टर पदभार सम्हाल्न सफल भए आफ्नो कामप्रति कर्तव्यनिष्ठ भईवि.सं.२०३१ सालमा इन्सपेक्टर पदबाट नै अवकाश लिए 

नेपाल लाङ्घाली परिवार संघमा संलग्नता

पुन नेपाली सेनामा रहँदादेखि ढलकप्रताप राना मगरको घरमा अफिस राखेर मगरहरुको हकहितका लागिएकजुट गर्ने प्रयास गरिरहेका थिए  त्यतिबेला क्याप्टेनले रुपैयाँ, लेफ्टिनेन्टले मोहर, सुवेदारले १ रुपैयाँ सिपाहीले आना आर्थिक संकलन गरी ढलकप्रताप राना मगरलाई सचिव बनाई कार्यालय चलाउने व्यवस्था मिलाएका थिए वि.सं. २०३१ मा अवकाश पश्चात मगरहरुलाई जागृत बनाउने कार्यमा झन् तिव्रतासाथ हिंडन् थाले  पुनले आफ्नो जातिका भाषा, भेषभुषा, संस्कृति हराउँदै गएको हुँदा जातिको अस्तित्वका लागि खोजीनीति गर्न यसरी संगठन गरेको हो स्यवम् श्री को सरकारको उच्च पदस्थ इन्स्पेक्टर पदजस्तो गरिमामय पदबाट अवकाश आएको व्यक्तिले पञ्चायत व्यवस्था विरुद्ध किने संगठन गर्ने ?’ भन्दै सामाजिक सचेतनाको लागि हिंड्ने क्रममा पेन्सन थापेको १५/२० हजार रुपैयाँ नै समाप्त हुन्थ्यो खाली हात घर फर्कदाधेरै पटक श्रीमतीको हप्काई खाएको कुरा बताउने गर्थे ।

पुन वि.सं. २०३८ सालमा बुटवलमा आयोजित नेपाल लाङ्घाली परिवार संघको प्रथम केन्द्रीय तदर्थ समितिको अध्यक्ष २०३९ मा तनहुँमा आयोजित प्रथम राष्ट्रिय महाधिवेशनपछि प्रथम केन्द्रीय अध्यक्ष भई वि.सं. २०४२ साल सम्म नेतृत्वदायी भुमिकामा रहेर हेमबहादुर पुन समाजसेवामा जुटेका थिए 

48Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected