2Shares

पोखरा, २४ भदौ । कास्कीका ७२ वटै वडामा एकै दिन एउटै समयमा पार्टीको क्रियाशिल सदस्यता वितरण अभियान अन्तर्गत मादी गाउँपालिका वडा नं १२ मा आज क्रियाशिल सदस्यता वितरण गरिएको छ ।
नेपाली काँग्रेस कास्कीले उक्त वडामा सदस्यता वितरणका लागि नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपपप्रमुख शिरोमणि बरालको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधि खटाएको थियो ।
१११ औं विपी जयन्ती समेतको अवसर पारी आयोजित कार्यक्रममा सदस्यता वितरण गर्दै प्रमुख अतिथि एवम् गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले गाउँगाउँका इमान्दार कार्यकर्ताले नै पार्टीको गरिमालाई बचाइरहेको बताए । विपीका आदर्शलाई आत्मसात गर्र्दै अघि बढ्न सकेमा मात्रै काँग्रेसले आफ्नो गरिमालाई जोगाउँदै समाज र राष्ट्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उनले बताए । उक्त अवसरमा नेता बरालले विपीको जीवनी, व्यक्तित्व र कृतित्व लगायतका विषयमा जानकारी गराएका थिए ।
जिल्ला प्रतिनिधि एवम् नेपाल शिक्षक संघ कास्कीका पूर्व अध्यक्ष मित्रलाल सापकोटाले विपीले देखाएको बाटोलाई विर्सन नहुनेमा जोड दिदै तल्लो तहको कार्यकर्ताको इमान्दारिता र क्रियाशिलताले नै पार्टी संगठन जोगाएको धारणा राखेका थिए ।
जिल्ला प्रतिनिधि एवम् नेपाल किसान महासंघ कास्की क्षेत्र नं १ का सभापति धनेश्वर न्यौपानेले समाजको तल्लो तहका कार्यकर्ताको भावनालाई नेतृत्वले आत्मसात गर्न सक्नु पर्नेमा जोड दिए ।
जिल्ला प्रतिनिधि एवम् नेपाली काँग्रेस मादी गाउँपालिकाका उपसभापति कृष्णचन्द्र बरालले देशै भरी एकै दिन एउटै समयमा क्रियाशिल सदस्यता वितरण भैरहेको बताउँदै प्रत्येक सदस्यले इमान्दारिता र जिम्मेवारिताका साथ पार्टी संगठनलाई बलियो बनाउन लाग्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमका सभापति एवम् नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं १२ का सभापति महेन्द्रप्रसाद पौडेलले वडाको पार्टी संगठनका गतिविधि बारे जानकारी गराए । स्थानीय तहमा क्रियाशिल कार्यकर्ताको भावनालाई पार्टीले आत्मसात गर्नु पर्न बताए । कार्यक्रममा तुलसी आचार्य, गणेश बहादुर पतनी, शम्भुराज अधिकारी, नारायणी पौडेल, डिल्लीराज गिरी(दिनेश), जंगबहादुर रानाभाट लगायतले तल्लो तहका कार्यकर्ताको भावनालाई बुझ्न नेतृत्वलाई आग्रह गरेका थिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected