२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

‘ऋषिलीला पत्रकारिता पुरस्कार’ पत्रकार पौडेललाई

पोखरा । पोखरा बृद्धाश्रमद्वारा सञ्चालित “ऋषिलीला पत्रकारिता पुरस्कार–२०८१” बाट पत्रकार वासुदेव पौडेललाई सम्मान गरिने भएको छ ।

पोखराका शैक्षिक एवं सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने प्रजातन्त्र सेनानी एवं पोखरा बृद्धाश्रम, सीतापाइलाका संस्थापक अध्यक्ष ऋषिकेशव पराजुली र उनकी धर्मपत्नी लिलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशव पराजुलीद्वारा स्थापित उक्त पुरस्कार पौडेललाई प्रदान गर्न लागिएको हो । पौडेल रासस पोखराका प्रमुख हुन्।

प्रतिभा छनोटका लागि अग्रज पत्रकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा अधिवक्ता वेदनाथ भण्डारी, पोखरा १५ का पूर्व वडासदस्य पार्वती थापा एवम् पदेन सदस्यमा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली र सचिव धर्मबहादुर गुरुङ थिए ।

पत्रकारिताका माध्यमबाट पोखरा बृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गर्दै आएको पोखरा बृद्धाश्रमका कोषाध्यक्ष भीम प्रसाद सुवेदीले बताए । उनलाई १५ असोजमा एक समारोहबीच ५० हजार रुपैयाँ नगद प्रदानसहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिने छ ।

पौडेलले पत्रकारिताका माध्यमबाट समाजमा योगदान पुर्‍याएवापत दहचोक एकता सम्मान, चन्द्रागिरी पत्रकार सम्मान, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार, गाउँ पर्यटन पत्रकारिता पुरस्कार, लेखनाथ पत्रकारिता पुरस्कार, संरक्षण पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् । उनी पर्यटन सम्बद्ध एनटिभिए, एगा, टेवान लगायत संघसंस्था, एग्रो टुरिज्म सहकारी, सिलिङ्गे महिला चेतना समूह, मिलनसार सहकारी लगायतबाट पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…