
पोखरा । नेपाल फर्मास्यूटिकल एसोसियसन, गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेश स्तरीय फर्माहाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बुधवार गण्डकी विश्वविद्यालयको सभाहलमा विश्व फार्मासिष्ट दिवस (सेप्टेम्बर २५)को पूर्वसन्ध्यामा अन्तरविश्वविद्यालय स्तरीय फर्मा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरीएको नेपाल फर्मास्यूटिकलएसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष प्रकाश पौडेलले बताए ।

एसोसिएसनका अध्यक्ष एवं गण्डकीविश्वविद्यालयका फार्मेसी कार्यक्रम संयोजक वरिष्ट फार्मेसिस्ट प्रकाश पौडेलको अध्यक्षता, गण्डकीविश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोखराविश्वविद्यालयका स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिला, गण्डकी प्रदेश एकेडेमी अफ साईन्स एण्डटेक्नोलोजी (GPAST) का कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारी, नेपाल फार्मेसी परिषद्का सदस्य अमृतथापा लगाएत विश्वविद्यालयका प्राध्यापक तथा विधार्थीहरुको उल्लेख उपस्थिती रहेको थियो ।
विश्वविद्यालयमा औषधी विज्ञानमा स्नातक तह अध्ययन गर्दै गरेका ४ वटा विश्व विद्यालय पोखरा विश्वविद्यालय, गण्डकी विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालयको गण्डकी मेडिकल कलेज, पूर्वाञ्चल विश्वविद्यालयको नोवेल एकेडेमी सहित ७ वटा समूहहरूको सहभागी भएको प्रतियोगीतामा पोखरा विश्वविद्यालयको समुह ‘क’ प्रथम भएको थियो भने पोखरा विश्व विद्यालयकै समुह ‘ख’ दोस्रो र गण्डकी विश्वविद्यालयको समुह ‘ख’ तृतीय भएको थियो ।

विजेता समूहहरुले नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नुका साथै विजेता पोखरा विश्वविद्यालयले योवर्षको रनिङ्ग सिल्ड आफ्नो नाममा पारेको छ ।
जिपास्ट (GPAST), चोक फर्मा प्रा.ली., द साईन्स हाउस (The Science House), मेडि टच स्किनएण्डहेयर क्लिनिक (Medi Touch Skin and Hair Clinic) लगाएतको आर्थिक सहयोग रहेको थियो ।
अध्यक्ष पौडेलले नेपालमै पहिलो पटक फार्मेसी विषयमा रहेर विश्वविद्यालयस्तरीय फर्मा क्विज कन्सेटआयोजना भएको र नेपाल फर्मास्यूटिकल एसोसिएसन गण्डकी प्रदेशलेआफ्नो स्थापना पश्चात फार्मेसीपेशामा रहेका विभिन्न विषयमा काम गरिरहेको बताउदै फार्मासिष्टको हक हित र संरक्षणमा नेपालफर्मास्यूटिकल एसोसिएसन सधै प्रतिवद्द रहेको पनि जनाए ।
सचिव विजय त्रिपाठीको संचालनमा रहेको कार्यक्रममा उपाध्यक्ष नवराज बास्तोलाले स्वागत र सदस्य युवराजपौडेलले कार्यक्रमको संयोजन गरेका थिए ।






सम्बन्धित खवर















