पोखरा । लायन्स क्लब अफ पोखरा राईजिङ सनले पोखरा महानगरपालिका–२८, माझठानास्थित श्री रत्न शोभा माध्यामिक बिद्यालयमा अध्ययनरत बिधार्थीको लागि बिधालय पोशाक ट्रयाक सूट वितरण गरेको छ ।
स्विजरल्याण्ड नागरिक मार्टिन सिंगरको सहयोगमा पोखरा–१, सिम्पानी निवासी क्रान्ती गिरीको समन्वयमा क्लबले निमावि तहमा अध्ययनरत ६८ जना बिधार्थीको लागि बिधालय पोशाक उपलब्ध गराएको हो ।

शुक्रवार बिद्यालय प्राङगणमा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, राईजिङ सनका संस्थापक अध्यक्ष सूर्य चपाई साथै स्विजरल्याण्ड नागरिक मार्टिन सिंगरका प्रतिनिधि जर्ज मेर्ज (मिस्टर एरिक) र क्रान्ती गिरीलगायतले बिधालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, बिधालयका प्रधानाध्यापक किरण बाबु न्यौपानेलाई उक्त पोशाक हस्तान्तरण गरेका हुन् ।



बिद्यालयको माग अनुसार निमावि कक्षासम्म अध्ययनरत बिधार्थीलाई बिधालय पोशाक वितरण गरिएको बिधालयका पूर्व बिधार्थी समेत रहेका लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका रिजन चेयरपर्सन सूर्य चपाईले जानकारी दिए । उनले हाम्रो सानो प्रयासले बालबालिकाको उज्यालो भविष्य कोर्न एउटा सहजताको माध्यम बन्न पाउने सौभाग्यलाई सदुपयोग गरी आफु अध्ययन गरेको बिधालय पोशाक वितरण गर्न पाउँदा ख़ुशी लागेको भनाई राखेका थिए ।

वितरण कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट एक्जुकेटिभ अधिकारीले न्यूनतम आवश्यकताको अभावमा स्कूल जानबाट कसैलाई बन्चित हुन नपरोस भनि लक्षित वर्गलाई सेवा गर्न सकियोस भन्ने चाहना राईजिङ सनले पूरा गरेकोमा क्लब परिवारप्रति आभार व्यक्त गरे । ‘यहाँहरूले नसक्ने र हामीले सक्ने भनेर हामीले पक्कै पनि यी सामग्री यहाँ ल्याएका हैनौ ।’ अधिकारीले भने, ‘साना कलिला विद्यार्थी भाई बैनीहरूलाई असल संस्कार सिकाउनका लागि उपस्थित भएका हौं जो भोली उनिहरूले यसै बिधालयका पूर्व विद्यार्थी समेत रहनु भएका यस कार्यक्रमका संयोजक सूर्य चपाईका कामबाट अनुशरण गर्न सकुन र समाजको चेतनाको स्तरलाई उकास्न सहयोग मिलोस भन्ने उद्देश्यले नै हामी यहाँ आएका हौं ।’
कार्यक्रममा डिष्ट्रिक्ट एम्बेस्डर कृष्ण श्रेष्ठ (रोज़ी), क्लबका जोन चेयरपर्सन युवराज खनालले लायन्सले समाजमा गर्दै आएका कार्यहरुको बारेमा जानकारी दिदैं समाज रूपान्तरणका लागि यस्ता कार्यले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बताए । लायन्सले स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आईरहेको पनि जानकारी गराएका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना र बिधालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले बिधालयको गतिबिधि बारे प्रकाश पार्दै यस सहयोगले बिधार्थीको पठन पाठनमा सघाउने भनाई राखेका थिए । यस सहयोगको उचित रूपमा सदुपयोग गर्ने शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत टेवा पुग्ने बिस्वास व्यक्त गरेका थिए ।पोशाक बितरणले पढाईलाई निरन्तरता दिनमा थप हौसला प्रदान भएको बताउदै सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए ।
लायन्स क्लब अफ पोखरा राईजिङ सनका संस्थापक अध्यक्ष सूर्य चपाईको अध्यक्षता सचिव अनिल कोईरालाको संचालनमा सम्पन्न कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट क्रान्ति गिरी, क्लबका निवर्तमान अध्यक्ष राजकुमार ढकाल लगाएतले शिक्षाको महत्व बारेमा आ–आफ्नो भनाई राखेका थिए भने कार्यक्रममा लायन्स क्लब अफ पोखरा बाराही टाउनका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्टका ग्लोबल कजेज चेयर पर्सन आरती अधिकारी, राईजिङ सनका कोषाध्यक्ष बिनायक ढुङगाना लगाएतको उपस्थिति रहेको थियो ।
क्रान्ती गिरी लायन्स क्लब अफ पोखरा राईजिङ सनका अध्यक्ष अन्जना गिरीको दिदी हुन् ।




