10Shares

पोखरा । पोखराको गणेश टोल स्थित फेवा शिक्षा सदन माविले शुक्रबार विद्यालयमा नि:शुल्क दन्त शिविरको आयोजना गर्‍यो । विद्यार्थीहरुलाइ मुख स्वास्थ्य बारे शिक्षा दिने उद्देश्यले विद्यालयले शिविरको आयोजना गरेको हो ।

शिशिविरमा विद्यालयका कक्षा नर्सरीदेखि दस कक्षासम्मका पाँच सय जना विद्यार्थीहरुले लाभ लिएको विद्यालयका प्राचार्य अचुत पाण्डेले जानकारी दिए । “विद्यार्थीहरुलाइ कसरी मुख स्वास्थ्य राख्न सकिन्छ भन्ने शिक्षा दिन शिविरको आयोजना गरेका हौ”” प्राचार्य पाण्डेले भने ।शिविरमा विद्यार्थीहरुको मुख, दाँत, गिजाको परिक्षण गरिएको थियो ।

सो अवसरमा विद्यार्थीहरुलाइ दात, गिजा र मुखलाइ स्वस्थ राख्ने उपायहरूको बारे बताइएको सह प्राचार्य प्रमोद पाण्डेले जानकारी दिए । विद्यालयको वार्षिक कार्यक्रम अनुसार शिविरको आयोजना गरिएको शैक्षिक विभाग प्रमुख सुमन आचार्यले जानकारी दिए

पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टरको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा विद्यालयका शिक्षक, शिक्षिका र कर्मचारीहरुको सहभागिता रहेको प्रशाशनिक प्रमुक यज्ञराज पौडेलले जानकारी दिए ।

 

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected