41Shares

पोखरा भ्यूज

पोखरा, २१ असोज । पोखरा महानगरपालिकाका२१ का तीन सामुदायिक विद्यालयमा डस्टवीन सहित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको

शुक्रवार बाबा फ़ाउण्डेशन नेपाल रोटरी क्लब अफ पोखरा पाराडाईजको संयुक्त आयोजनामा पोखरा२१ का तीनवटा विभिन्न सामुदायिक बिधालयहरू भविष्य निर्माण मावि, बयली आधारभूत बिधालय जनज्योती आधारभूत बिधालयमा डस्टवीन सहित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो  जनज्योती आधारभूत बिधालय अध्ययनरत १९ जना बिधार्थीका लागि बिधालय पोसाक ट्रयाक सूट पनि उपलब्ध गराएको रोटरी क्लब अफ पोखरा पाराडाईजका सचिव दीपक गुरूङले बताए

तीनवटै विद्यालयमा आयोजना गरेको कार्यक्रममा बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी, रोटरी क्लब अफ पोखरा पाराडाईजका अध्यक्ष देवेन्द्र पराजुली सचिव दीपक गुरूङलगाएतले उक्त सामग्री हस्तान्तरण गरेका हुन्

छुट्टाछुट्टै तीन ठाउँमा आयोजना गरिएको कार्यक्रममा भविष्य निर्माण माविका बिधालय व्यवस्थापन समितिका अध्यक्ष कमल कुमार भुजेल, प्रधानाध्यापक प्रकाश शर्मा रेग्मी, बयली आधारभूत बिधालयका प्रधानाध्यापक मनोहर पहारी जनज्योती आधारभूत बिधालयका व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पौडेल, प्रधानाध्यापक बिष्णु पौडेलले उक्त सामग्रीहरू ग्रहण गरेका थिए

जनज्योती आधारभूत बिधालयमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका२१ का वडा सदस्य बिमला केसी चालिसेले शैक्षिक सामग्रीले बिधार्थीको शैक्षिक समस्या समाधान  उनीहरुको शैक्षिक विकास उन्नयनका लागि सहयोगी सिद्व हुने विश्वास व्यक्त गरिन्  उनले सामुदायिक विद्यालय नेपालका मध्यम एवं आर्थिक अवस्था कमजोर रहेका परिवारका छोराछोरीको उज्ज्वल भविष्यको आशाको केन्द्र रहेको भन्दै यहाँ पढ्ने विद्यार्थीलाई वितरण गरिएको पोसाक शैक्षिक सामग्रीले त्यस्ता विद्यार्थीको अध्ययनमा टेवा पुग्ने बताईन्

कार्यक्रममा रोटरी क्लब अफ पोखरा पाराडाईजका अध्यक्ष देवेन्द्र पराजुलीले सामुदायिक बिधालयका विद्यार्थीको शिक्षण सिकाइलाई गुणस्तरीय बनाउन सहज होस् भन्ने उद्देश्यले क्लबले यस अभियानलाई महत्वपूर्ण कार्यको रूपमा अघि बढ़ाएको धारणा व्यक्त गरेका थिए

शैक्षिक सामग्री वितरणका लागि समन्वय गर्नु भएका स्थानीय वासी विश्व हिन्दु महासंघ कास्कीका महासचिव भूपेन्द्र गिरीले आफ्नो सानो प्रयासबाट यस क्षेत्रका विभिन्न सामुदायिक बिधालयमा अध्ययन गर्ने बिधार्थीलाई पठन पाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए

त्यस्तै, बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले फ़ाउण्डेशनको स्थापनाको औचित्य, कार्यक्षेत्र र लिएको उद्देश्य बारे जानकारी गराएका थिए   उनले फाउण्डेशनले शैक्षिक सहायता अभियानसँगै वातावरण र साक्षरता अभियान समेत सञ्चालन गरेको बताउदै साक्षरता अभियान मार्फत निरक्षर नागरिकलाई साक्षर बनाउने लक्ष्य रहेको बताए सो अभियानमा हातेमालो गर्न सबैसँग फ़ाउण्डेशन इच्छुक रहेको धारणा अधिकारीले व्यक्त गरेका थिए । रोटरी क्लब पोखरा पाराडाईजबाट सह-सचिव जसु गुरूङ, भानुभक्त पौडेल, एमड़ि काफ्ले, जिवनाथ पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

41Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected