56Shares

पोखरा भ्यूज

पोखरा, ११ असोज लायन्स क्लब अफ पोखरा राईजिङ सनका पूर्व अध्यक्ष दुर्गा रन्जित सचिव अनिल कोईरालाले सामाजिक कार्यमा सहयोग गरी जन्मदिन मनाएका छन रन्जित कोईरालाले आफ्नो जन्मदिनको अवसरमा पोखरा१९ स्थित श्री धारा आधारभूत विद्यालयमा अध्ययनरत ४५ जना बिधार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन्

जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर विद्यालयलाई शैक्षिक सामग्री वितरण गरी युवाले शिक्षामा परिवर्तन ल्याउनुपर्छ भन्ने उद्देश्यले विद्यालयको शैक्षिक स्तर वृद्धिमा टेवा पुगोस् भनेर शैक्षिक सामग्री सहयोग गरिएको लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको डिजी प्रोग्राम कोचेयरपर्सन समेत रहेकी रन्जितले बताईन्

क्लबका अध्यक्ष अन्जना गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिधालयका प्रधानाध्यापक रोधनाथ गौतम, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एम्बास्डर रोजी श्रेष्ठ, डिजी प्रोग्राम चेयरपर्सन आरती अधिकारी, क्लबका संस्थापक अध्यक्ष एवं रिजन चेयरपर्सन सूर्य चपाई, जोन चेयरपर्सन युवराज खनाललगाएतको सहभागिता रहेको थियो उनीहरुले जन्मदिनमा बिधालयमा शैक्षिक सामग्री उपलब्ध गराई समग्र शिक्षा क्षेत्रमा पुर्याएको योगदान समाजमा फैलाएको सकारात्मक सन्देशको प्रसंशा गरेका थिए

56Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected