26Shares

पोखरा भ्यूज

पोखरा, १७ असोज । लायन्स क्लब अफ पोखरा पिस टाउनले तनाब ब्यबस्थापनका लागि योग शिविर सम्पन्न गरेको क्लबले पोखरा महानगरपालिका२०, भलामस्थित श्री महेन्द्र माविको प्रांगणमा सर्वसाधारणको लागि योगप्रति आकर्षण बढ़ाउन १० दिने योग शिविर संचालन गरेको क्लबका अध्यक्ष कान्ती अधिकारी पौडेलले बताईन्।

स्वस्थ रहन तनाव व्यवस्थापनका लागि योग अभ्यास अत्यावश्यक रहेको लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका सेक्रेटरियट एड्मिनिष्ट्रेटर हरिराज पन्त बताउछन् दिनभर व्यवसायको कामले व्यस्त भए पनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, उनले भने, “योग गर्न थालेपछि मेरो नाकको समस्याले लामो समयसम्म दिएको दुःख व्यवस्थापन भएको मलाई स्वस्थ, फुर्तिलो बनाउन सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ”  उनले विगत पाँच वर्षदेखि नियमित योगाभ्यास गर्दै आएको पनि बताए

व्यस्त जीवनमा साधारण व्यायाम गरेर भएपनि आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन शारीरिक स्फुर्तिका लागि नियमित योग अभ्यास ज़रूरी रहेको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट कोचिफ एडभाईजर अमृत शोभा खत्रीको बताउछिन् 

योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान सीप प्रदान गरिएको योग प्रशिक्षक सिता पौडेलले बताईन् गलत खानपान जीवनशैलीका कारणले शरीर भद्दा, अस्त व्यस्त र अस्वस्थ भएको हुन्छ”, उनले भनिन्, “आसन, प्राणायम उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ” योगले मानिसको शरीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने योग पौडेलको भनाई थियो  

लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष कान्ती अधिकारी पौडेलको अध्यक्षता क्लबका पूर्व अध्यक्ष शोभा अधिकारी पौडेलको संचालन रहेको समापन कार्यक्रममा डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, क्लस्टर का क्लस्टर चिफ भावना बसेल, क्लबका निवर्तमान अध्यक्ष एवं जोन चेयरपर्सन केसी माया नेपाली, जोन चेयरपर्सन दामोदर आचार्यलगाएतको उपस्थिति रहेको थियो

योग शिविरमा सहभागी मध्ये रिव बहादुर खत्री, दीपक पौडेलले छोटो प्रतिक्रिया दिदै १० दिनको योगाभ्यासमा सहभागी भईरहदाँ उत्प्रेरणा साथै योग ध्यानको महत्व बुझि योग सम्बन्धि आधारभूत ज्ञान सीप प्राप्त भएको बताए योग अभ्यास देखेका हुन् नगरेका मात्र हुन, हामीले घरमा योगा गरेका छौं व्यवस्थित तवरले गरेका थिएनौं यस १० दिनको योगाभ्यासबाट धेरै सिक्न पाएको भनाई राखेका थिए

26Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected