20Shares

पोखरा भ्यूज
पोखरा ।  नेकपा(एमाले) केन्द्रीय सदस्य एवम् युवा संघ नेपालका इन्चार्ज राजीव पहारीले सहकारी पीडितले वचत रकम पाउनु पर्ने बताएका छन् ।
नेकपा एमाले पोखरा १७ को विस्तारीत वैठकमा बोल्दै उनले जनताले आफ्नो रगत पसिना खर्चेर संकलन गरेको रकम अपचन गर्नेलाई कानूनी दायरामा ल्याएर पिडीतको वचत फिर्ता गर्न सरकार जिम्मेवार भएर लाग्नु पर्ने जोड दिए ।
नेकपा एमाले सहकारी पीडितको पक्षमा रहेको बताउँदै नेता पहारीले पार्टीप्रतिको घेरा बन्दिलाई निस्तेज बनाउन संगठित भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।
नेकपा एमाले कास्की जिल्ला कमिटी उपाध्यक्ष भेषराज बरालले पछिल्लो समयमा सामाजिक सञ्जालले जनतामा भ्रम श्रृजना गरेको बताउँदै सत्य तथ्यमा आधारित सुचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औल्याए ।
एमाले पोखरा १७ कार्यवाहक अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको बैठकमा पार्टी इन्चार्ज सुभाष ढुङ्गाना, पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगी लगायतले पार्टीका गतिविधि एवम् विकास निर्माणका बारेमा चर्चा गरेका थिए ।
बैठकले जिल्ला कमिटीका सर्कुलको कार्यान्वयन गर्दै विभिन्न चार्डपर्वका अवसरमा यही १४ गते शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने निणर्य गरेको छ ।

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected