
काठमांडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफू मन्त्री नियुक्त भएपछिको एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।
उनले १५ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका हुन् । १५ मुख्य बुँदा बनाएर त्यसअन्तर्गत यी १०० दिनमा भएका कामहरु प्रस्तुत गरेका थिए ।
उनले १०० दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन्।
यस्तै जनस्वास्थ्य समितिको क्रियाशिलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुड्किलो रहेको उल्लेख छन्।
– क्यान्सर उपचार सेवा थप पाँच प्रदेशमा विस्तार गरेर सातै प्रदेशमा सुरु
–पहिलो पटक तीन तहको समन्वय समिति बैठक
–राष्ट्रिय आविष्कार केन्द्र र मन्त्रालयबिच संघीय अस्पतालमा बिग्रेर थन्किएका उपकरण मर्मत गर्न सम्झौता
– जनस्वास्थ्य प्रयोगशालामा अन्य सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका नमुना विदेश पठाउन नपर्ने गरी प्रयोगशाला सुविधा
– सार्वजनिक बिदाका दिन अस्पतालमा ओपीडी सेवा सुरु
– समायोजनमा समस्या देखिएका स्वास्थ्य जनशक्तिको समस्या समाधानका लागि कार्यविधि स्वीकृत, १६ सय बढी लाभान्वित
– सहिद गंगालाल अस्पतालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु
– स्वास्थ्यकर्मीको सुरक्षा सम्बोधन गर्ने गरी विधेयक अघि बढाउन प्रक्रिया सुरु
–न्याम्ससँग आबद्धता लिएका अस्पतालमा ४ सय शिक्षक चिकित्सकको दरबन्दी स्वीकृत, थप ४ सय जना पीजी तहमा पठनपाठन गर्न मिल्ने बाटो खुला
–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ५०।५० एमबीबीएस पठनपाठनका लागि निर्णय
–शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत सातै प्रदेशमा मुटुको विस्तारित सेवा लैजाने निर्णय
–जन्मजात अपांगता हुन नदिन परोपकार अस्पतालमा बालबालिकाको निःशुल्क परीक्षण र वंशाणुगतजन्य रोगको निःशुल्क उपचार सुरु
–भारत भ्रमणका क्रममा वीर अस्पताल तथा जीपी कोइराला अस्पताललाई ३ सय शय्याको बनाउन त्यहाँका स्वास्थ्यमन्त्रीसँग आग्रह, सहयोगको प्रतिबद्धता प्राप्त
–संघीय राजधानीबाहिर पहिलो पटक नवलपरासी बर्दघाट सुस्तापूर्वमा ट्रमा सेन्टर शिलान्यास
–विपद् प्रभावितलाई निःशुल्क स्वास्थ्य उपचार, प्रभावित क्षेत्रमा सङ्क्रमण फैलन नदिन सरोकारावाला मन्त्रालयसँग समन्वय, सचेतना र प्रचारप्रसार
–जर्मनीमा विश्व स्वास्थ्य सम्मेलनमा नेपाललाई निःशुल्क बालबालिकाको क्यान्सरविरुद्धकासहित ५ प्रकारका खोप उपलब्ध गराउन गाभीसँग माग, सहयोगको प्रतिबद्धता प्राप्त
–विश्व स्वास्थ्य संगठनलाई हेटौंडाको अनुसन्धान केन्द्रलाई दक्षिण पूर्वी क्षेत्रीय अनुसन्धान केन्द्रमा सघाउन महानिर्देशकसँग आग्रह, सकारात्मक प्रतिबद्धता प्राप्त
–महिला स्वास्थ्य स्वयंसेविकालाई कामको प्रयोजनका लागि निःशुल्क यातायात व्यवस्था गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता ।





