२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबरमनोरन्जन

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान

पोखरा भ्यूज
पोखरा, १६ कात्तिक । नेपालीहरूको महान चाड तिहारका अवसरमा भरतपोखरी विकास मञ्चको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानमा खुल्ला देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

तिहारका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ सातौं संस्करणको प्रतियोगिताको आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

प्रतियोगितामा अन्तर्गत देउसीभैलोमा सरस्वती सिस्ने महिला समूह प्रथम, सरस्वती टीका माध्यमिक विद्यालय द्वित्तीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण गण्डकीबेसीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

विजयी हुने समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्रबाट कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी तथा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले संयुक्त रुपमा पुरस्कृत गरेका छन् ।

एकल नृत्यतर्फ स्वतिका आचार्य प्रथम, शिरिषा मल्ल ठकुरी द्वितीय, बिपासा बिक तृतीय र सुनिता अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका छन । बिजयी हुनेलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा देउसीभैलो तर्फ ११ समूह तथा एकल नृत्यतर्फ १४ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रमकै अवसरमा नेपाली मौलिक कला सहित्य संगित र अभिनयका लगायतका क्षेत्रमा संलग्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । जस अन्तर्गत गण्डकी साहित्य संगमका अध्यक्ष साहित्यकार भिम रानाभाटलाई साहित्यिक क्षेत्रमा, सनिशा भट्टराईलाई अभिनयका क्षेत्रमा, चेस खेलाडी पुजा भण्डारीलाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय चेस खेलाडीका रुपमा र युवा कलाकार सुरेश मल्ल ठकुरी (टुकी) लाई गायन एवम् सांगीतिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सम्मानपत्र, मायाको चिनो तथा दोसल्ला सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक दोहरी गायक तुलसा क्षेत्री, रामजी पौडेल, शिबहरि ढुङ्गाना, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश सदस्य रामप्रसाद ढकाल र रमा गौतमका विभिन्न सांगीतिक प्रस्तुति रहेको कार्यक्रम संयोजक चेतबहादुर महतले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै वडाअध्यक्ष रामचन्द्र अधिकारीले भरतपोखरी विकास मञ्चले सामाजिक तथा मानवीय सेवाका साथै मौलिक कला, संस्कृति र साहित्यिक विकासमा योगदान गर्ने स्रस्टाहरुको सम्मानका लागि खेलेको भुमिका प्रति खुलेर प्रशंसा गरे । उनले सिङ्गो वडाको बिकासका लागि सहकार्य र साझेदारीमा सहयोग गर्न आह्वान समेत गरे ।

मञ्चका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक चेतबहादुर महत र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश सदस्य रामप्रसाद ढकालले गरेका थिए भने स्वागत कार्य समिति सदस्य बिजया भण्डारीले गरेकी थिईन् ।

कार्यक्रममा सहयोगदाताहरूको तर्फबाट टुल्कनाथ आचार्य, संस्थाका सल्लाहकारहरु मध्येबाट केशरप्रसाद निर्दोषीले बोलेका थिए । उक्त अवसरमा सचेतनामुलक लागुऔषध दुव्यर्सनी नियन्त्रण एवम् डेङ्गु रोग नियन्त्रण विषय सचेतना गराइएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ कार्यालय, सामाजिक संघ संस्था, सहयोगदाता तथा विभिन्न सहयोगी व्यक्तित्वबाट उक्त रकम संकलन गरि खर्च ब्यबस्थापन गरिएको संस्थाका कोषाध्यक्ष गोविन्द गौतमले जानकारी दिए ।

संस्थाले पोखराका ग्रामीण क्षेत्रलाई केन्द्रित गरि छिट्टै ऐम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने गरि खाता समेत सञ्चालनमा ल्याएको छ भने शिक्षा, स्वास्थ सेवा, वातावरणर पर्यटनको क्षेत्रमा संस्थाले कार्य गदैँ आईरहेको छ ।

कार्यक्रममा स्थानीय आमा समूह, टोल विकास संस्था, युवा क्लब विद्यालय, बैंक तथा बित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधी, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागीता रहेको संस्थाका महासचिव गणेश ढकालले जानकारी दिए । कार्यक्रमममा सहयोगी संघ संस्थालाई मायाको चिनोका साथै दोसल्लाले समेत सम्मान गरिएको थियो ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…