२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान, रक्तदानमा १ सय २ युनिट संकलन

पोखरा भ्यूज
पोखरा २२ कार्तिक । यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको छ ।

पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, वाटुलेचौरले संचालन गरेको सो पुरस्कार प्रत्येक २÷२ वर्षमा मानव सेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका संस्था तथा व्यक्तिलाई प्रदान गरिन्छ ।सो पुरस्कार यस वर्ष पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको क्लवले जनाएको छ । विहीवार पोखरामा क्लवले आयोजना गरेको २८ औं स्थापना दिवसको मुल समारोह,शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रमका अवसरमा नगद १५ हजार, सम्मानपत्रले आश्रमलाई सम्मान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खची, संस्थापक यादवचन्द्र देवकोटा,पुर्व अध्यक्ष जीवनारायण श्रेष्ठ,ताराप्रसाद तिमिल्सीना,सल्लाहकार खिमलाल अधिकारी र पुर्व सांसद कृष्ण थापाले आश्रमका पोखरा शाखा प्रमुख सदिश पुनलाई अर्पण गर्नुभयो ।

सो पुरस्कार यसअघि उद्योगपति गणेश वहादुर श्रेष्ठ, तेज वहादुर गुरुङ, लायन स्व. गोविन्द वहादुर केसी, अग्रज भलिवल खेलाडी स्व. उदय वहादुर वस्नेत, सिद्घार्थ क्लव र नव आर्दश सामुदायिक विकास संस्थालाई प्रदान गरिएको थियो ।सोही अवसरमा पवित्र प्रेमनारायण शैक्षिक पुरस्कार वडा नं. १६ भित्रका सरकारी विद्यालयवाट कक्षा १२ को परिक्षामा उत्कृष्ट जिपिए ल्याउने बिन्ध्यवासिनी माविका छात्रा श्रेया आचार्य र छात्र आशिष पोखरेललाई जनही ५ हजार र प्रमाणपत्रले सम्मान गरियो ।सो पुरस्कार संस्थापक गणेशवहादुर थापा र विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले हस्तान्तरण गर्नुभयो । हिमालय क्लवले स्थापना गरेको एकल महिला सहयोग बाटुलेचौरका विबा नेपाली र अर्मलाका तिला विकलाई जनही ५ हजार प्रदान गरिएको क्लवका सुचना अधिकारी शिवराज देवकोटाले जानकारी दिनुभयो । ।

त्यस्तै नगद ५ हजार राशीको स्वर्गीय सावित्री लिलाधर उत्कृष्ट कृषक पुरस्कार यस वर्ष चमेरी गुफा कृषक समुहलाई प्रदान गरिएको छ ।समुहलाई संस्थापक कृष्णप्रसाद अधिकारी, प्रभा कोईराला,सल्लाहकार राजेन्द्र वहादुर देवकोटा, पुर्व अध्यक्ष ताराप्रसाद तिमिल्सीना र संयोजक प्रकाश थापाले नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गर्नुभयो ।कार्यक्रममा वोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विर्खचीले मानविय सेवाले नै मानव सभ्यताको पहिचान हुने वताउँदै, क्लवले गरेको कार्य प्रशंसनिय रहेको वताउँनुभयो ।कार्यक्रम संयोजक प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा मानव सेवा आश्रम पोखरा शाखाका प्रमुख सदिश पुनले मानव सेवाको क्षेत्रमा आफ्नो संस्था सदैव लागिरहने वताउदै, यस्ता सम्मानले थप उर्जा थपिएको वताउनुभयो ।

क्लवका अध्यक्ष मोहन वहादुर थापाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव तुलवहादुर वस्नेतले गर्नुभएको थियो ।कार्यक्रममा क्षेत्री समाज पोखरा १६ का एन्जिला थापा र अपिशा थापाले नृत्य, रेशम वस्नेतको गायन, राष्ट्रिय परोपकार महासंघले भजन चुड्का, हिमालय योग साधना केन्द्रले योग प्रस्तुती प्रर्दशन गरेका थिए ।

यसैविच क्लवले आयोजना गरेको २७ औं रक्तदान कार्यक्रममा १ सय २ युनिट रगत संकलन भएको छ । पहिलो रक्तदाता सावित्री तिमिल्सीनालाई रक्त संचार केन्द्रका अर्जुन ज्ञवालीले व्लड व्याग हस्तान्तरण गरी शुरु भएको थियो । करिव ३ घण्टासम्म भएको कार्यक्रममा अधिर्काश नयाँ रक्तदाताले सहभागिता जनाएका थिए ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…