29Shares

पोखरा भ्यूज

पोखरा । आज हरिबोधनी एकादशी पर्व मनाइदै आजैका दिन असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आजै विवाह गरिदिने प्रचलन रहेको

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ हरिशयनीदेखि हरिबोधिनीएकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता सो समयमा खोला, नदीनालामा बाढी आउने सर्पजस्ता जीवको भयका कारण यात्रा गर्नु अशुभ मानिन्छ

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर रातोमाटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ

तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो तुलसीको मठ नजिकैविष्णुको प्रतीकका रुपमा निगालाको लिंग गाडेर विधिपूर्वक पूजा गरिन्छ कार्तिक महिनाभर सबै देवदेवीतुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको

तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भन्ने धारणा रहेको तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी औलोलगायत रोगका लागि औषधि हुन्छ यो रस शरीरमालगाएर सुतेमा लामखुट्टेले टोक्दैन तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् मठकोवरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ

29Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected