
पोखरा भ्यूज
स्याङ्जा, २९ कार्तिक । मुक्तिनाथ विकास बैंकले लायन्स क्लव अफ स्याङ्जा टाउनलाई सहयोग गरेको छ । बैंकले क्लबलाई टिर्सट र जकेट गरी झण्डै ४० हजार बराबरको सामग्री सहयोग गरेको हो ।
सहयोग सामग्री हस्तन्तरण गर्दै मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले स्याङ्जाबाटै स्थापना भएको मुक्तिनाथले समाज सेवामा स्थानीयसँग हातेमालो गर्दै अगाडी बढेको बताए । उनले सामाजिक सेवामा मात्रै नभएर बैंकले बित्तीय कारोबार समेत व्यवसायीसँग हातेमालो गर्दै आएको सुनाए ।
बैंकले स्थापना कालदेखि खासगरि महिलाहरुको आर्थिक विकासमा महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको सुनाउँदै संचालक लम्सालले भने, “लघुबित्त र आधुनिक बैंकिङ्क प्रणालीबाट बैंकले समाजका हरेक बर्गसँग सहकार्य गरेको छ ।”
लायन्स क्लब अफ स्याङ्जा टाउनका अध्यक्ष सुनिता पौडेल गौतमले बैंकले बित्तिय कारोबारका अलवा सामाजिक सेवा पुर्याएको योगदानको चर्चा गर्दै महिला तथा व्यवसायीको हितमा बैंकले गरेको बित्तीय सेवालाई प्रभाबकारी बनाउँदै अगाडी बढाउनु आग्रह गरिन ।
मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखद्धारा आयोजित कार्यक्रम संचालन शाखा प्रमुख डम्बरबहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा रोयल बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गर्दै आएको विभिन्न सहयोग अनुरुप क्लबलाई जकेट र टिर्सट प्रदान गरेको हो । स्याङ्जामा प्रधान कार्यालय रहने गरी २०६३ मा स्थापना भएको बैंक हाल नेपालकै उत्कृष्ट बैंकको रुपमा रहेको छ ।









