२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

पिस पोस्टरमा लभसन खत्री प्रथम

पोखरा भ्यूज

पोखरा, २९ कार्तिक । लायन्स क्लब अफ पोखरा पिस सिटीले पिस पोस्टर (चित्रकला) प्रतियोगिता गरेको छ ।

सुक्रवार पोखरा–८, नागढुगास्थित नेशनल क्रियसन एकेडेमीमा सो बिधालयमा अध्ययनरत ५–८ कक्षा सम्मका १२ जना बिधार्थीहरू बीच पिस पोस्टर प्रतियोगिता गराईएको थियो ।

११-१३ बर्ष उमेर समूहका बिधार्थी सहभागिता रहेको प्रतियोगितामा कक्षा ७ का लभसन खत्री प्रथम, कक्षा ८ निर्जला रेग्मी दोश्रो, कक्षा ७ कै प्रिया थापा तृतिय र कक्षा ६ का सनिश गिरी सान्तवना भएका क्लब प्रशाशनिक प्रमुख टंकराज अधिकारीले बताए ।

प्रतियोगितामा प्रथम, दोश्रो, तृतिय र सान्तवना हुनेलाई आकर्षक पुरस्कारसहित प्रमाणपत्र र अविरद्धारा सम्मान गरिएको थियो भने सहभागि सबैलाई सहभागिताको प्रमाण पत्र तथा चित्रकला सामाग्री प्रदान गरिएको थियो ।

१३ वर्ष मुनिका विद्यार्थीहरुका विच मात्र प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा प्रथम भएका छात्र लक्ष्मण खत्रीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता छनौटको लागि योग्य भएको क्लबका निर्वतमान अध्यक्ष एवं जोन १२ का जोन चेयरपर्सन युवराज खनालले बताए । प्रतियोगितामा निर्णायकमा कलाकार युवराज लामिछाने रहेका थिए ।
लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष दीपेन्द्र चालिसेको अध्यक्षता, क्लबका प्रथम उपाध्यक्ष एवं उक्त बिधालयका प्रिन्सिपल ज्ञानेन्द्र बहादुर थापाको संचालन रहेको कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, रिजन ६ का रिजन चेयरपर्सन सूर्यराज चपाई, क्लबका निर्वतमान अध्यक्ष एवं जोन १२ का जोन चेयरपर्सन युवराज खनाल, क्लबका द्वितीय उपाध्यक्ष रविकुमार श्रेष्ठलगाएतले कार्यक्रमको उद्धेश्यबारे आ–आफ्ना भनाई राखेका थिए ।

लायन्स अन्तर्राष्ट्रियको पिस पोस्टर प्रतियोगिता क्लब हुदै डिष्ट्रिक्ट सचिवालय र डिष्ट्रिक्टको प्रतिनिधित्व गर्दै मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालको तर्फबाट लायन्स अन्तराष्ट्रियको पिस पोस्टर छनोटमा बनाएको पोस्टर समावेश हुनेछ । नेपालबाट प्रथम पिस पोस्टरलाई लायन्स अन्तर्राष्ट्रियको सचिवालयमा पठाइन्छ । संसारभरका पिस पोस्टरमा पनि प्रथम हुनेले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनुका साथै एक अभिभावकसहित अमेरिका भ्रमण गर्न पाउने छ । २३ जनालाई सान्तवना स्वरूप ५ सय डलर उपलब्ध गराईन्छ । विश्वरभरीका लायन्स क्लबहरुबाट बर्सेनी बालबालिकाहरुलाई चेतना अभिवृद्धि गर्ने उद्देश्यका लागि यस बर्ष ‘सिमा बिनाको शान्ती प्रतियोगिता’ सञ्चालन गर्दै आइरहेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…