२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

फर्निसिङको रक्तदानमा ३४ युनिट रगत संकलन

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङ र फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्कीको संयुक्त आयोजना साथै रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा संचालित रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।

‘रक्तदान जिवनदान, जीवनदान महादान’ भन्ने मूल नारासहित शनिवार चिप्लेढुगामा सम्पन्न रक्तदानमा ३४ युनिट रगत संकलन भएको लायन्स क्लब अफ पोखरा फर्निसिङका संस्थापक अध्यक्ष रहमोहन सुवेदीले जानकारी दिए ।

फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष राजु कार्कीको अध्यक्षता, लायन्स क्लब अफ पोखरा फर्निसिङका अध्यक्ष गोविन्द शर्माको स्वागत मन्तव्यसहित संचालित कार्यक्रम पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि कार्कीले  ‘रक्तदान जिवनदान, जीवनदान महादान’  पुण्य कार्य गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा समेत यस्तो प्रकारको सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रहमोहन सुवेदी, क्लस्टर २ का को–क्लस्टर चिफ शुशील पौडेललगाएत दुवै संस्थाका पूर्व अध्यक्ष, पदाधिकारीलगायत सदस्यको सहभागिता रहेको कार्यक्रमका संयोजक होमनाथ अधिकारीले बताए  ।

क्लबका सचिव केदार त्रिपाठी र व्यवसायी संघका सदस्य केशव गिरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…