२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

शुक्लागण्डकी कोटी होम २०८१ को तयारी तिव्र, वडा नम्वर १५ मा वडा भेला सम्पन्न

पोखरा भ्यूज
पोखरा, मंसिर ०२ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजना र पोखरा महानगरपालिका वडा नम्वर १५ को समन्वयमा मंसिर १७ देखि २७ गते सम्म हुन गईरहेको ऐतिहासिक शुक्लागण्डकी कोटी होम २०८१ को तयारी तिव्र पारिएको छ ।

तयारीकै अवसरमा पोखरा महानगरपालिका वडा नम्वर १५ ले वडा भेला सम्पन्न गरेको छ । भेलाको सम्बोधन गर्दै वडा नम्वर १५ का वडा अध्यक्ष तोरण बहादुर बाँनियाले वडा कार्यालयको तर्फबाट कोटीहोम सफल बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले वडाको तर्फबाट तन मन, धन, बचन र कर्मले कोटीहोममा होमिने बताए ।

पण्डित दिपक सापकोटाले कोटी होम सफल भईसकेको उदाहरण भेलाको सहभागितालाई दिए । विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय सह अध्यक्ष शंकर खरालले हिन्दु जागरणका साथै आफ्नो ठाउँको विकास र त्यसको महत्व बुझेर काम गर्न आग्रह गरे । उनले महायज्ञमा विश्व हिन्दु महासंघको भरपुर साथ रहने बताए ।

कार्यक्रममा पुर्व वडा अध्यक्ष प्रकाश पौडेलले जनसहभागितालाई जोड दिनुपर्ने बताए । संकल्पकर्ता शोभाकान्त ढकालका धर्मपत्नी नारायणी ढकाल, विश्वकर्मा समाज नेपालका केन्द्रिय अध्यक्ष रणाबहादुर विश्वकर्मा, समाजसेवी डाक्टर अनिल सुवेदी, भक्तबहादुर खत्री, आर्दश आमा समुहका अध्यक्ष कल्पना अधिकारी, शितलादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनकाजी कार्की, अलकापुरी आमा समुहका सुनिता कडेँल लगायतले बोलेका थिए ।

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष मदन गिरीले पोखरा १५ र १७ लाई जोड्ने गरि शुक्लागण्डकी माथि दुइ ढुङ्गा जोडिएर बनेको प्राकृतिक पुल ढुङ्गेसाँघु क्षेत्रको धार्मिक, सांस्कृतिक आध्यात्मिक महत्व उजागर गर्न कोटि होम हुन लागेको बताउदै कोटी होम महायज्ञको उदेश्य सेती नदीमा स्नान गर्न जाने १०८ सिँढी निर्माण, १०८ गौमुखी धारा निर्माण, प्राकृतिक पुलमुनि रहेको महायज्ञ मुल संकल्पकर्ता जय श्री राधे गुरुले तपस्या गरेको गुप्त तिर्थ स्थल जाने बाटो निमार्ण, गरिब तथा विपन्न परिवारका बालबालिकालाइ शिशुस्याहार देखि कक्षा ३ सम्म निशुल्क पठनपाठन व्यवस्थापन सहित पट्नेरीमा रहेका करिब २८० घरधुरीलाई शुद्व खानेपानीको वितरण गराउने लगाएत रहेको बताए । गिरीले सञ्चालन गरेको कार्यक्रमको समापन कोषाध्यक्ष नारायण भण्डारीले गरेका थिए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…