२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको छ- मार्क लियोन

पोखरा भ्यूज

पोखरा, ४ मंसिर । लायन्स अन्तर्राष्ट्रियका द्वितीय उपाध्यक्ष मार्क लियोनले लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको बताएका छन् । पोखरा–१२ स्थित श्री सितलादेवी सामुदायिक विद्यालयमा लायन्स अन्तर्राष्ट्रिय गुठीको सहयोगमा नवनिर्मित चमेनागृह हस्तान्तरण कार्यक्रममा लियोनले उक्त कुरा बताएका हुन् ।

नवनिर्मित चमेना गृहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका द्वितीय उपाध्यक्ष लियोनले बिधालयमा अध्ययनरत बिधार्थीले चमेनागृहमा सँगै बसेर खाजा/खाना खाँदा एक आपसमा भाईचाराको अभिवृद्धि हुने र यसले समुदायमा राम्रो सन्देश प्रवाह गर्ने उनको भनाई रहेको थियो ।

‘मलाई आज ख़ुशी लागेको छ, यो महत्वपूर्ण कार्यक्रममा सहभागिता हुने अवसर पाए, म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । समुदायमा प्रभाव पार्ने खालको काम गर्नु भएको छ, यस्तै परियोजना पूरा गर्नका लागि लायन्स अन्तर्राष्ट्रियको गुठी स्थापना भएको हो ।’ लियोनले भने

पोखरास्थित तीनवटा क्लबहरू लायन्स क्लब अफ पोखरा पिपल चौतारी, पोखरा आदर्श चौतारी र पोखरा समर्पितको स्थानीय व्यवस्थापनमा चमेना गृह भवन निमार्ण भएको हो ।

समारोहलाई सम्बोधन गर्दै लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संसारको ठुलो मानविय संस्था लायन्स क्लबले लायन्स अन्तर्राष्ट्रियको सहयोगमा फाईभ स्टारवाला संरचनामा चमेंना गृह निर्माण गरेकोछ, क्वालिटीयुक्त विल्डिङ बनेको बताए । बुर्लाकोटीले भने,  ‘यसलाई लायन्सले ब्रान्डिङ गर्न सक्नुपर्छ, जस्को प्रभावबाट अन्य प्रोजेक्ट नेपाल भित्राउन सहज हुनेछ ।’ नेपालमा दुई अर्व भन्दा बढ़ी रूपैयाँका प्रोजेक्ट भित्रिईसकेको जानकारी गराउदै निर्देशक बुर्लाकोटीले गतबर्ष मात्र ३५ करोड़ बढ़ी परियोजना सम्पन्न भएको बताए ।

 पछिल्लो समय नेपालमा क्लब एक्सटेन्सन, सदस्यता वृद्धि, लायन्स अन्तर्राष्ट्रिय कोषमा योगदानका हिसावले नेपाल एक नम्बरमा रहेको जनाउ दिदैं यो एक दशकको बीचमा लायन्स अन्तर्राष्ट्रियबाट उच्च पदस्त प्रतिनिधिहरू एक पछि अर्को नेपाल भ्रमणमा आई रहनु पक्कै पनि नेपाली लायनहरूका लागि ख़ुशीको कुरा रहेको भनाई बुर्लाकोटी थियो ।

पोखरा महानगरपालिकाका प्रमुख एवं पूर्व डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले नेपालमा लायनवाद भित्रिएको ५४ बर्षको इतिहास रहेको जानकारी गराउँदै लायन्सले समुदाय केन्द्रित शिक्षा, स्वास्थ्य, पर्यावरण संरक्षणलगाएतका काम क्लबमार्फत गर्दै आएको बताए ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गर्भनर ग्रान्ट एडमिनिट्रेटर रामबहादुर बसेलका अनुसार उक्त भवनका निमार्णका लागि लायन्स अन्तर्राष्ट्रियबाट एक करोड़ ३२ लाख र कुल रक़मको २५% म्याचिङ फण्डका लागि तीनवटा क्लब साथै बिधालयबाट करिव ३३ लाख संकलन सहित १ करोड़ ६५ लाखमा निर्माण सम्पन्न भएको जानकारी गराएका थिए ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको अध्यक्षतामा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर मिलन थापा, एमका गभर्नर चण्डी अर्याल, जी का डिष्ट्रिक्ट गभर्नर कमल कायस्थ, आई का प्रथम भाईस गभर्नर पार्वती खरेल पाण्डे, एल प्रथम भाईस गभर्नर एकनारायण शर्मा पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलालगाएत लायन्सका सिनियर लिडरहरूको उपस्थिती रहेको थियो ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर कार्की बिधालयका प्रधानाध्यापक बाबुराम अधिकारीले सुविधासम्पन्न चमेना गृहको समुचित रूपमा सदुपयोग गर्ने प्रतिबद्वता व्यक्त गर्दै विद्यार्थीको पठनपाठनमा सहज हुने भनाई राखेका थिए ।

 नर्सरी देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल १ हजार ३ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने ७४ जना शिक्षक कर्मचारी कार्यरत विद्यालय २०२१ सालमा स्थापना भएको थियो ।

डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीको संचालन रहेको कार्यक्रममा बिधालय व्यवस्थापन समितिको तर्फबाट चमेना गृह बनाउन सहयोग गर्ने क्लबका अध्यक्षहरू लायन्स क्लब अफ पोखरा पिपल चौतारीका बालकृष्ण न्यौपाने, पोखरा आदर्श चौतारी सूर्य पोखरेल र पोखरा समर्पितका अध्यक्ष बिजया थापालाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

फ़ोटो : पोखरासिटी डट कम

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…