1Shares

पोखरा भ्यूज
पोखरा । कर्मचारी मिलन केन्द्र कास्कीको आयोजनामा हरेक महिना गर्दै आइएको सम्पदा सरसफाई अभियान अन्तर्गत आज फेवाताल किनाराको केदारेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
प्रत्येक महिनाको ५ गते गर्दै आइएको सरसफाई अभियान अन्तर्गत यसपटक केदारेश्वर मन्दिर परिसर छनौट गरिएको कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले बताए ।
राष्ट्रसेवक कर्मचारीहरूले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्नुपर्ने कुरालाई आत्मसात गर्दै महिनाको एक दिन पोखरा क्षेत्र भित्रका सम्पदास्थलहरू सरसफाई गर्ने अभियान सञ्चालन गरिएको उनले बताए ।
कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यस अभियानले आम सर्वसाधारणमा सम्पदा सरसफाई प्रतिको सचेतना अभिबृद्धि गराउने विश्वास व्यक्त गरे ।
नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले सम्पदास्थलको सरसफाई सबैको सामुहिक दायित्व भएको उल्लेख गर्दै केन्द्रले सञ्चालन गरेको अभियान सर्‍हानीय भएको बताए ।
कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, नागरिक समाजका प्रतिनिधि, स्थानीय आमा समूह लगायतको उपस्थिति थियो ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected