गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे
पोखरा भ्यूज
लुम्बिनी, मंसिर ८ । संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सिद्वार्थ उद्योग बाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा व्यवसायिहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता समेत जनाए ।
नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेयले बताए । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने समेत प्रतिवद्वता जनाए । ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु’ उनले भने, संस्कृती र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔ भन्नेमा लागेको छ। ‘ मेचिमहाकालीको विचमा रहेको स्थल, लुम्बिनी र पोखरा समेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौं।’ उनले थप्दै भने।
मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टको संज्ञा दिए । उनले विमानस्थलसंग सम्बन्धित श्रम, भिस्सा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरु स्थापनाका लागि साउनमै निर्णय भएको बताए । मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसि कार्यान्वयन गरिने उद्घोष समेत गरे ।
गौतमबुद्व विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू पर्यटनको ईपिसेन्टर लुम्बिनी आउने बताए । उनले सँस्कृति नरहेको बताउदै अब नहुने काम हुदैन भनेर भन्ने संस्कार बनाउनुपर्ने समेत बताए। ‘अहिले अन्तर्राष्ट्रिय उडान भएपछि तपाईहरूले बधाई दिदा म झस्किन्छु, किन भने ५ महिनापछि त्यो बधाई बजाईमा परिणत हुन्छ भन्ने कुरा मैलै ख्याल गरेको छु’ मन्त्री पाण्डेले भने । उनले विमानस्थलसँग सम्बन्धित तत्तकाल गर्नुपर्ने काम र प्राविधिक तथा दीगो रुपमा गर्नुपर्ने कामहरुलाई सूचीबद्ध गरेर गर्ने समेत बताए । भैरहवाको विमानस्थल सञ्चालन हुँनेवितिकै पोखरा पनि चल्ने विश्वास दिलाए ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहनु भएका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले दु्रतगतीमा काम गर्नुपर्ने सुझाव स्विकार गर्दै आगामि दिनमा त्यसका कमीकमजोरी सुधार गरेर जाने उद्घोष गरे । उनले होटल, गुम्बा र स्थानीयहरूका विचमा देखिएको विवादले काम गर्ने वातावरण नबनेको बताउदै त्यहाँको द्वन्द्वको मध्यस्थताका लागि निजि क्षेत्रलाई सहयोग गर्न आग्रह गरेका थिए ।