
पोखरा भ्यूज
पोखरा । पोखराको गैह्रापाटनस्थित फिस्टेल हस्पिटलमा फिस्टेल आईभिएफ फर्टिलिटि सेन्टर सञ्चालनमा आएकोछ । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले फर्टिलिटि सेन्टरको उद्घाटन गरेका हुन् ।
शुक्रबार फर्टिलिटि सेन्टर उद्घाटन गर्दै मेयर आचार्यले पोखरामा विस्तारै अत्याधुनिक मेडिकल सेवाहरु थप हुँदैजानु सुखद रहेको बताए । धेरै मानिसले ध्यान नदिएको तर जतिलाई निसन्तानपनको पिडा परेको हुन्छउनीहरुका लागि आईभीएफ बरदान सावित हुने भएकाले सर्वसुलभ र विश्वसनीय ढंगले फिस्टेल आईभिएफफर्टिलिटि सेन्टरले सेवा दिनेमा विश्वास व्यक्त गरे ।
फिस्टेल हस्पिटलको तेस्रो तल्लामा फिस्टेल आईभिएफ फर्टिलिटि सेन्टर स्थापना गरेर सेवा सुरु गरिएको हो ।कार्यक्रममा समाजसेवी कर्मकुमारी गुरुङले सन्तान नभएका दम्पतीलाई समाजले विभिन्न प्रकारका गलतआरोपहरु लगाउने र नमिठा शब्दको प्रयोग गर्दै होच्याउने जस्ता प्रवृत्तिहरु रहेको जनाउँदै अब कोहीपनि दम्पत्तीसन्तानविहिन हुन नपर्नेप्रति खुशी व्यक्त गरिन् ।
कार्यक्रममा फिस्टेल अस्पतालका निर्देशक अशोक पालिखेले पोखरामा मेडिकल विषय पढाई हुनेविश्वविद्यालय तथा मेडिकल कलेजहरु विस्तारै बढ्दै जाँदा फिस्टेल आईभीएफ फर्टिलिटि सेन्टर मेडिकलटुरिज्मको स्रोत हुन सक्ने बताए । साथै उनले पोखराबाट विरामीलाई काठमांडौ रिफर गर्नेभन्दा काठमांडौबाटपोखरा रिफर गर्ने खालको वातावरण सिर्जना गर्न सबै मेडिकल व्यवसायी, अस्पताल र स्थानीय तहले सहकार्यगर्नुपर्ने बताए ।





