२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरखेलकुदशिक्षा

राष्ट्रिय माविमा आयोजित अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवलको उपाधी छात्र तर्फ गुरुकुल र छात्रातर्फ करुणानीधिलाई

पोखरा भ्यूज

पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगितामा छात्र तर्फको उपाधी गुरुकुल विद्या सदन र छात्रा तर्फको उपाधी करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माध्यामिक विद्यालयले हात पारेको छ ।

प्रतियोगितामा छात्र तर्फको फाइनल खेलमा गुरुकुल विद्या सदनले माउण्ट अन्नपूणर्लाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । उपाधी संगै गुरुकुलले नगद ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भयो । प्रतियोगितामा गुरुकुलकै खेलाडी अरबिन्द सुनार उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार र मेडल प्राप्त गरे ।

दोश्रो स्थान संगै माउण्ट अन्नपूणर्ले नगद ३० हजार, ट्रफी र मेडल प्राप्त गरेभने तेस्रो स्थान हाँसिल गर्दै न्यू ग्यालेक्सीले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।

त्यसैगरी छात्रा तर्फ करुणानीधि एजुुकेशन फाउण्डेशन (केफ)ले शान्ता माबिलाई ३-१ सेटमा पराजित गर्दै उपाधी हात पार्न सफल भयो । उपाधी बिजेता केफले नगद ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भयो । प्रतियोगितामा केफकी खेलाडी धनकुमारी बिक उत्कृष्ट खेलाडी बन्दै नगद ५ हजार र मेडल प्राप्त गरिन ।

उपबिजेता बनेको शान्ता माबिले नगद ३० हजार, ट्रफी र मेडलमा चित्त बुझाउन पर्‍यो । प्रतियोगितामा तेश्रो स्थान हात पार्न सफल पश्चिमाञ्चल माबिले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरे । हीरक महोत्सवको अवसरमा आयोजना गरेको भलिवल प्रतियोगितामा छात्र तर्फ २६ टीम छात्र र १३ टीमको सहभागीता रहेको थियो ।

हीरक महोत्सवकै अवसरमा आयोजना गरिएको छेलो प्रतियोगितामा छात्र तर्फ त्रिभुवन शान्ति माविका लक्सन पुर्जा पुन प्रथम, भद्रकाली माबिका शंकर बिक दोश्रो र गुरुकुल विद्या सदनका मनोज सिर्पाली तृतीय भएभने छात्रातर्फ त्रिभुवन शान्ति माविका शशी रानाभाट प्रथम, गौरीशंकर माविका डोल्मा छन्त्याल दोश्रो र राष्ट्रिय माविका सञ्जिता बिक तृतीय भइन ।

छात्र/छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका बिजेताहरुलाई प्रमुख अतिथि शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिका आचार्य, पोखरा महानगरपालिकाका वडा नं १ का अध्यक्ष साहारा प्रधान, विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष बरुण विक्रम राणा, खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश पौडेल, विद्यालयका प्रध्याना ध्यापक इश्वरी प्रसाद सापकोटा लगायतले पुरस्कार बितरण गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…