
24Shares
पोखरा भ्यूज
स्याङ्जा । नेपाल विद्यालय खेलकुद महासङ्घ स्याङ्जाको अध्यक्षमा अमृत अर्याल चयन भएका छन् । प्याब्सन पूर्व केन्द्रीय सदस्य अर्यालको नेतृत्वमा बनेको समितिको उपाध्यक्षमा ताराबहादुर गुरुङ (शमशेर), यदुकुमार थापा, सचिवमा रिबन बिक, कोषाध्यक्षमा अमृता हमाल बस्नेत रहेका छन् ।
समितिको सदस्यहरूमा एलबी गुरुङ, नारायण काफ्ले, नासीर खाँ, महेन्द्र थापा, द्रवेन्द्रदेव खनाल र प्रमिला अधिकारी क्षेत्री छन् ।
विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडी उत्पादन गर्दै खेलकुदको विकासमा सहयोग गर्ने लक्ष्य सहित कार्यसमिति गठन गरिएको अध्यक्ष अर्यालले बताए । नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद विकास परिषदद्वारा मान्यता प्राप्त विद्यालय खेलकुद महासङ्घ ७७ जिल्ला, सात प्रदेश र केन्द्रीय कमिटी गठन हुने उनको भनाइ छ ।
24Shares






© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।