२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरखेलकुद

शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान

पोखरा पोखरा
पोखरा , १७ मंसिर नेपाल टेबल फुसबल संघले पोखराको शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान गरेको छ । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारि संघले केन्द्रमा फुसबल (टेबल सॉकर) सहयोग सगै स्थापना गरेको हो । ४७ वर्षदेखि सञ्चालनमा रहेको केन्द्रले डाउन सिन्ड्रोम लगायत विभिन्न न्युरो अवस्थाका बालबालिकाहरुका लागि काम गदै आएको छ ।

फुसबल, जसलाई टेबल सॉकर पनि भनिन्छ, जुन फुटबलको मोडलमा आधारित एउटा टेबल खेल हो, जसले ध्यान केन्द्रित गर्ने क्षमता, समन्वय र टोली भावना विकास गर्न सहयोग गर्ने गर्दछ । हालका वर्षहरुमा यो समावेशी गतिविधिका रुपमा लोकप्रिय बनेको छ, जसले विभिन्न क्षमता भएका व्यक्तिहरुको मानसिक र शारीरिक विकासलाई प्रोत्साहन गर्ने काम समेत गर्दछ ।

ई-कमर्स प्लेटफर्म दराज नेपालले ढुवानी साझेदारका रुपमा र संकटा क्लब, काठमाडौं ले तालिम साझेदारका रुपमा सहयोग प्रदान गरेका थिए । टेबल स्थापना, अभिमुखीकरण र तालिमका सबै गतिविधि नेपाल टेबल फुसबल संघका संस्थापक तथा महासचिव उमेश घिमिरेले समन्वय गरेका थिए ।

फुसबल केवल खेल मात्र होइन, यो सहभागिता, अन्तरक्रिया र सीप विकासको माध्यम रहेको भन्दै घिमिरेले यसले यहाँका बालबालिकाहरुलाई मोटर स्किल्स, सामाजिक अन्तरक्रिया र आत्मविश्वास वृद्धि गर्न सहयोग पुर्‍याउने बताए । यो पहलले बालबालिकाहरुलाई रमाइलो र थेराप्युटिक गतिविधि प्रदान गर्दै उनीहरुको विकासलाई सहयोग गर्ने लक्ष्य आफुहरुको रहेको घिमिरेले बताए ।

हस्तान्तरण कार्यक्रममा संकटा क्लबको तालिम टोलीले केन्द्रका कर्मचारी र देखभालकर्ता लागि अभिमुखीकरण सत्र सञ्चालन गरी, फुसबललाई केन्द्रको दैनिक गतिविधिमा समावेश गर्नका लागि आवश्यक सहजीकरण गरेका थिए ।

नेपालभर फुसबलको प्रवद्धन गर्दै आएको छ, विशेष गरी न्युरोडाइभर्जन्ट बालबालिकाहरुलाई व्यवहार विकासका लागि संलग्न गराउँदै समावेशीता र खेलको माध्यमबाट सशक्तीकरण गर्ने लक्ष्य संघले लिएको उनले बताए । संघले फुसबललाई सबैका लागि परिवर्तनकारी गतिविधिका रुपमा अगाडि बढाउने आफ्नो यात्रालाई निरन्तरता दिदै आएको उनले बताए ।

केन्द्रका कर्मचारीले सहयोग प्राप्त फुसबल टेबलले हाम्रो देखभाल विधिलाई नयाँ आयाम थप्ने बताउदै बालबालिकाहरुको विकासका लागि यस्ले सहयोग गर्ने बताएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…