अन्तर्राष्ट्रिय अपाङता दिवसका अवसरमा महिला संघ महानगर समितिद्वारा न्यानो कपड़ा वितरण
- December 3, 2024
- 423
पोखरा भ्यूज
पोखरा । नेपाल महिला संघ, पोखरा महानगर समितिले ३३औँ अन्तराष्ट्रिय अपाङता दिवस मनाएको छ । समितिले मंगलवार नेपाली कांग्रेस कास्कीको कार्यालयमा अपाङता दिवसको अवसरमा १६ जना अपाङता भएका व्यक्तिलाई लक्षित गरी न्यानो कपड़ा (ज्याकेट) वितरण गरेको हो ।
नेपाल महिला संघ पोखरा महानगर समितिका सभापति अम्बिका गौतम ढुङगानाको अध्यक्षता नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, उपसभापति युवराज कुँवरलगायत पाटीका जिल्लास्तरीय नेताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले अन्तर्राष्ट्रिय अपाङता दिवसको अवसर पारी महिला संघले अपाङता लक्षित गरेको मानवीय सेवाका कार्य अत्यन्त सहरानिय रहेको बताउदै यस्ता कार्यक्रमले पाटीलाई मजबुद बनाउने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, उपसभापति युवराज कुँवर, महिला संघ कास्कीका सभापति मिना पाण्डे, निजामती कर्मचारी संघका कास्कीका अध्यक्ष सुरेश श्रेष्ठ लगाएतले महिला संघ महानगर समितिले रचनात्मक कार्य गरेकोमा समितिप्रति आभार व्यक्त गर्दै यस्ता कार्यको निरन्तरताको कामना गरेका थिए ।
महिला संघ महानगर समितिका सचिव कल्पना थापाको संचालन रहेको कार्यक्रम महिला संघ कास्कीका उपसभापति सुधा थापाले स्वागत मन्तव्य र कार्यक्रम संयोजक उर्मिला बस्नेतले धन्यवाद मन्तव्य राखेका थिए ।
सो अवसरमा अपांग संघ कास्कीका अध्यक्ष हेम गुरूङले पाटीले अहिलेसम्म नगरेको कार्य महिला संघले आयोजन गरेकोमा आभार व्यक्त गरेका थिए