1Shares

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । कश्यप गोत्रीय अलिना अधिकारीको कुल पूजा सम्पन्न भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका-१, अधिकारीडाँडाबाट देशका विभिन्न स्थानमा बसोवास गर्ने कश्यप गोत्रीय अलिना अधिकारी बन्धुहरुको पहिचान गरी एकताबद्व गर्ने उद्देश्यले कुल पूजा गर्ने गरिएको कुल पूजा समितिका अध्यक्ष इन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।

अधिकारी बन्धुहरुका घरवाट पूजाका लागि ल्याइएका सामग्रीहरुवाट विशेष किसिमको खीर पुवा (खिर बराह) बनाई पूजा गर्ने चलन छ । भगवानलाई भोग लगाउन ल्याइएका सामग्रीहरुवाट विशेष किसिमको खीर पुवा बनाउने र मठमा विन्ध्यवासिनी क्षेत्रपाल, मठ्टा, बराह, स्थानीय थानीमानी भूमे, भयर, झाक्री स्वरुपमा विशेष मन्त्रोच्चारण सहित पूजा अर्पण गर्ने गरिन्छ । पूजा विधिहरु सकेर नरिवल बलि दिइन्छ । पूजाको अन्त्यमा चरु हवन गरी दुबै ठाँउमा आरती र पुष्पाञ्जी गरेर पुजा समापन गरी प्रसाद वितरण गरिन्छ ।

यस अघि बिजोर बर्ष पारी कहिले ५ बर्षमा कहिले ७ बर्षमा अधिकारी बन्धुहरुले घर बनाएको भाग, बिवाह भाग, छोराछोरी जन्मेको भाग भाकल गरे अनुसार कुललाई बली भोग दिने चलन थियो । २०५९ साल पछि भोग दिने चलन हटाईएको अधिकारी बन्धुका अगुवा एवं पूर्व गाबिस अध्यक्ष केदारनाथ अधिकारीले जानकारी दिनुभयो ।

कुल पूजामा थातथलो अधिकारीडाँड़ा भई विभिन्न स्थानमा, वसोवास गर्ने अधिकारी बन्धुहरुको उल्लेख्य सहभागिता रहेको थियो । अधिकारी बन्धुहरुको कुल पूजा परम्पराले बन्धुत्व, एकता र सांस्कृतिक पहिचानका लागि आफ्नो संस्कार, संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको र भावी पुस्तालाई सचेत बनाउन फलदायी बन्ने विश्वास गरिएको कुल पूजा समितिका अध्यक्ष इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected