प्रहरी छानबिन सकिएपछि रवि लामिछानेमाथि तीन कसुरमा कारबाहीका लागि अनुसन्धान प्रतिवेदन बुझाइयो
- December 16, 2024
- 1431

पोखरा । नेपाल प्रहरीले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको छ ।
सोमवार लामिछाने माथिको अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिल कार्यालयलाई बुझाईएकोजिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्त शर्माले जानकारी दिए।
लामिछाने कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेको दुई महिनामा प्रहरीले अनुसन्धानप्रतिवेदन तयार गरेर सरकारी वकिललाई बुझाएको हो। यसबीचमा उनलाई रुपन्देही, काठमाडौँ, पर्सा, चितवनलगेर बयान लिइएको थियो।
यसपछि सरकारी वकिल कार्यालयले सजायको माग दाबीसहित अदालतमा मुद्दा दर्ता गर्नेछ। मुद्दा दायरपछिथुनछेक बहस हुनेछ। जसले लामिछाने सहितका आरोपीलाई थुनाबाहिर राख्ने या कारागार पठाउने भन्ने टुंगोलाग्ने छ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा सहकारीका सञ्चालक एवं गोर्खा मिडिया ग्रुपका कुमार रम्तेलसहित६ जनालाई पहिले नै पक्राउ गरिएकोमा अहिले पुर्पक्षका लागि हिरासतमा छन्।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा ६० जना आरोपी छन् जसमध्ये ५१ जनाविरुद्ध पक्राउ पुर्जी जारीभइसकेको छ।









