२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरखेलकुद

२३औं औं सेञ्चुरी ल्होसार मेला—२०८१ को तयारी तीव्र

पोखरा भ्यूज

अन्नपूर्ण कास्की । कास्कीको अन्नपुर्ण गाँउपालिका वडा नं ११ छोम्रोङ स्थित सेञ्चुरी युवा क्लबले सञ्चालन गर्न गईरहेको २३ औं सेञ्चुरी ल्होसार मेला—२०८१ को तयारी तीव्र पारिएको छ ।

पौष ११ गते देखि १४ गते सम्म तमु ल्होसारको अवसर पारी मेलाको आयोजना गर्न गईरहेको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए्का छन् ।

“ब्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण” भन्ने नाराका साथ २०५८ मा स्थापित क्लबले आफ्नो स्थापना दखि नैं पुरुष भलिवल/बास्केटबल, रस्सि तान्ने, ठेलो हान्ने जस्ता विभिन्न खेलकुद सँगसगै सास्कृतिक कार्यक्रमहरु गर्दै आएको अध्यक्ष गुरुङले बताए ।

खुला क्लब स्तरिय पुरुष बास्केटबल र भलिबलमा प्रथम हुनेले ८० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र हात पार्ने छन । द्धित्तिय स्थान ल्याउनेले ५० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र पाउने छन् भने तृतीया हुनेले २५ हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र पाउने अध्यक्ष गुरूङले जानकारी दिए ।

मेला सम्पन्न गर्नका लागि सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङ संयोजक रहने गरी बिभिन्न ११ उपसमिति गठन गरिएको छ । टीम दर्ताका लागि ५ हजार रूपैयाँ रहेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…