11Shares

पोखरा भ्यूज

पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा जाहेर भएको । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध उनी पक्राउ परेको ९२ दिन पछि कास्की जिल्ला अदालतमा वटा कसुरमा मुद्दा दर्ता भएको हो

लामिछानेविरुद्ध कास्की अदालतमा अभियोग दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्माले जानकारी दिइन  

उनका अनुसार लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो   उनी सहित ४४ जनालाई विपक्षी बनाइएको  

जिल्ला प्रहरी कार्यालयले पुस गते लामिछानेमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो सहकारी ठगीमा लामिछाने माथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस गते अदालतले चार दिनको म्याद थपेको थियो

चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आज अदालतमा मुद्दा दर्ता गरिएको हो सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशीलगायतविरुद्ध अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको हो 

कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई(जिबी) सहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरेको हो। पूरक अभियोजन दर्ता गरिएका अभियुक्तमा पक्राउ परेका फरार दुवै छन्। कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नु पर्ने भएकाले आजै मुद्धा दर्ता गरिएको कास्की प्रहरीले जनाएको

पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा अनुसन्धानका लागि गत कात्तिक गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई पोखराबाट चितवन, पर्सा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो

लामिछाने जोशीसहित पाँचजना विरुद्ध सहकारी ठगी, संगठित अपराध सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनु पर्ने रायसहित प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको छ। प्रहरीले प्रतिवेदनमा प्रतिवादीबाट अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने राय दिएको

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेमाथि करिब २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको हो  साथै उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पती जफत गर्न माग़ गर्दै उनीलाई समेत प्रतिवादी क़ायम गरिएको । रविविरुद्ध २७ करोड ८९ लाख रुपैंया विगो मागदावी छ ।

निकितासहित पाँच जनालाई उनीहरुको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमाजफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाउने चलन हुन्छ

सहायक जिल्ला न्यायाधीवक्ता शर्माले पाँच जना माथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको बताइन् त्यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्तिअपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदावी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर अरु दण्ड सजाय हुँदैन

त्यसरी प्रतिवादी बनाइएकाहरुमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गर्दै प्रतिवादी बनाइएको हो

सहायक न्यायाधीवक्ता शर्माका अनुसार, आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा वटा कम्पनीहरु हुन्भने जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको हो यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायरभएको उनले बताइन्

सम्पत्ति शुद्धीकरणमा रवि पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा, छोरा रोचक जोशी, लिला पछाइँको आमा राधा पछाइँ, दिदी गीता पछाईँको पनि सम्पत्ति जफत गर्न माग गरिएको

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected