२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

पोखरा महोत्सवमा विभिन्न प्रायोजकहरु आउने क्रम जारी, महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुट

पोखरा भ्यूज

पोखरा । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा प्रायोजकहरु आउने क्रम जारी रहेको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखरा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालि बिच महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरु मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुटगरी महोत्सव आयोजक युनाईटेड क्लब र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका संचालक पूर्ण कुमार श्रेष्ठ बीच पोखरा महोत्सवको प्रायोजकमा रही सहकार्य गर्ने गरि सम्झौता भएको हो ।

सो अवसरमा वोल्दै भिजन लिंक एजुकेशन कन्सल्टेन्सीका सञ्चालक पूर्ण कुमार श्रेष्ठले पोखरा महोत्सव संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । पोखराको अमरसिंहमा रहेको भिजन लिंक एजुकेशन कन्सल्टेन्सीबाट विदेश अध्ययनका लागि युके, युएसए, क्यानडा, जापान, कोरिया, युरोप, दुवईका लागि काम गर्दै आइरहेको बताउदै हाल उक्त कन्सल्टेन्सीमा जापानिज, कोरियन, जर्मन भाषा संगै आइएलटीएस र पीटीइका कक्षाहरु सञ्चालन हुदै आएको र जापानका लागि विद्यार्थी भिषा, टे्रनिङ भिषा, एसएसडब्लू वर्किङ भिषा, ब्याचलर पास वर्किङ भिषाका लागि एन फाइब, एन फोर र स्कील कक्षाहरु समेत सञ्चालन समेत भइरहेको र अध्ययन गर्न चाहनेहरुका लागि दैनिक २ देखि ५ घण्टा सम्म कक्षाहरु चलिरहेको सञ्चालक श्रेष्ठले बताए ।

१३ औं संस्करणको प्रायोजकहरुमा सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, हिमश्री फुड्‌सको रारा तयारी चाउचाउ, ओमोडा जेको, इन्स्योरेन्स पार्टनरमा रहेर नेपाल इन्स्योरेन्स, अफिसियल वाटरमा रहेर सोल्टी वाटर, पेमेन्ट पार्टनरमा रहेर रेभल, अफिसियल एयरलायन्समा यति एयरलायन्स, विशेष सहयोगी संस्थामा रहेर पोखरा महानगरपालिका, सहयोगी संस्थाहरुमा अमरसिंह मावि, अमरसिंह महिला समुह, इन्टरनेट पार्टनरमा वर्लडलिंक कम्युनिकेशन र प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा आउनका लागि जुनसुकै ठाउँबाट पनि अनलाइनको माध्यामबाट टिकट काट्‌न सक्नेछन । त्यसका लागि रेभल एपको माध्यामबाट टिकटलाई सुरक्षित राख्न सकिने टिकट ब्यवस्थापन उपसमिति संयोजक पूर्ण श्रेष्ठले बताए । त्यसैगरी महोत्सव स्थल वरपर वल्र्डलिंकको इन्टरनेट समेत निशुल्क उपलब्ध हुने आयोजकले जनाएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…