२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबरखेलकुद

वुमन्स च्यालेन्जर टी२० क्रीकेट दोस्रो दिन : अकलाको लगातार दोस्रो जित

पोखरा भ्यूज
पोखरा । पोखरामा जारी वुमन्स च्यालेन्जर टी२० क्रीकेट प्रतियोगितामा टिम अकलाले लागतार दोस्रो जित निकाल्दा भद्रकालीले पहिलो जित हासिल गरेको छ । कास्की जिल्ला क्रीकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा जारी दोस्र संस्करणको च्यालेन्जर कप टी२० क्रीकेटमा आ–आफ्नो खेलमा टिम अकला र टिम भद्रकालीले जित निकालेको हो ।
१०९ रनको विजयी लक्ष्य पछ्याएको अकलाले १६.४ ओभरमा २ विकेट गुमाउँदै विजयी हासिल गर्‍यो । अकलाकी कप्तान सिर्जना पौडेलले सर्वाधिक ४७ रनको योगदान दिइन् । उनले ४७ बलमा ८ चौका प्रहार गरिन् । सुुस्मीता श्रेष्ठ१५ र विनिता सिग्देल२ रनमा अविजित रहिन् । कृष्टीना अर्याल शुन्यमा आउट भइन् । विन्ध्यवासिनीका लागि सोनिमा थापा र रोजी परियारले समान १–१ विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विन्ध्यवासिनीले २० ओभरमा ५ विकेट गुमाउँदै १०८ रन बनायो । विन्ध्यवासिनीका लागि चन्द्रमाया बराल २१ रनमा अविजित रहिन् । उनले ३२ बलमा २ चौका प्रहार गरिन् । कुशुम राइ २ रनमा अविजित रहिन् । एलिना श्रेष्ठ १६, सोनिमा थापा६र करिमा जैसवाल १६रनमा आउट भइन । रोजि परियार, मेघा खड्गी शुन्यमै आउट भइन् । अकलाका लागि शुशिला डिमडोङले २ विकेट लिइन् ।
दोस्रो खेलमा भद्रकालीले ८ विकेटको जित हासिल गरेको छ । ५९ रनको विजयी लक्ष्य पाएको भद्रकालीले ८.४ ओभरमा २ विकेट गुमाउदैँ पुरा गर्‍यो । भद्रकालीका लागि सम्झना विक २५ रनमा आउट भइन । रेखा तामाङ ५ रनमा आउट भइन् । रेजिना विक ४ र पुर्णिमा गुरुङ शुन्यमा आउट भइन् । बाराहीका लागि रिया तामाङले २ विकेट लिइन । टस जितेर ब्याटिङ थालेको बाराहीले १३.२ ओभरमा ५८ रन बनाउदा अलआउट हुन पुुग्यो । बाराहीका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । भद्रकालीका लागि पुर्णिमा गुरुङले ४ ओभरमा १२ रन खर्चदै सर्वाधिक ५ विकेट लिइन् । रेखा तामाङ, रेजिना विकले २/२ तथा मुस्कान जैसवालले १ विकेट लिइन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र पीएम कप क्रीकेटका लागि जिल्ला छनोटको रुपमा रहेको प्रतियोगिताबा कास्की जिल्लाको टिम छनोट गरिनेछ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…