पोखरा भ्यूज
पोखरा । सुन्दर तथा पर्यटकीय राजधानी पोखराको फेवा किनारमा पोखरा सडक महोत्सव शुरु भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा शनिवारदेखि २६ औँ संस्करणको पोखरा सडक महोत्सव शुरु भएको हो ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले एक कार्यक्रमका बीचमहोत्सवको उद्घाटन गरेका हुन् ।
महोत्सव शुरु हुनुअघि पोखराको लेकसाईडस्थित खहरेबाट विभिन्न जातजाति, आमा समुह, पर्यटन सम्बद्धविभिन्न संघसंस्थाहरुले साँस्कृतीक झाँकीसहित र्रयाली निकालेका थिए ।



पुस १७ गतेसम्म जारी रहने महोत्सव खहरेचोकदेखि अम्बटसम्मको ३ किलोमिटर दुरीमा सञ्चालन भएको छ ।महोत्सव क्षेत्रमा रेष्टुरेण्टहरुले सडकमै निकालेर आफ्ना परिकारहरु पस्किएका छन् ।

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ आयोजित महोत्सवका लागि ३ किलोमिटरक्षेत्रलाई ध्वजापताका टाँगेर दुलहीझैं सजाइएको छ । महोत्सवमा खानाका परिकारसँगै विभिन्न ३ फरकठाउँमा स्टेज राखेर गीत, संगीत प्रस्तुत गरिदैछ ।
मुख्य स्टेज कोमागाने पार्कमा राखिएको छ भने त्यहाँ न्यू ईयर ईभको दिन चर्चित व्याण्डहरुले प्रस्तुती दिदैछन् ।महोत्सव अवधीभर सातै प्रदेश र विशेष गरेर गण्डकी प्रदेशमा भएका सांस्कृतिक विविधताहरु प्रस्तुत गर्नेव्यवस्था मिलाइएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।
यसैगरी महोत्सव अवधीभर विभिन्न खेलकुदका क्रममपनि हुने खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए। सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरुको चम्चा दौड, डुङ्गा दौड लगायत प्रतिष्पर्धा हुने उनले बताए ।
त्यसैगरि अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारी सहितको सडक सम्वादकार्यक्रम हुने रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए । उनका अनुसार अम्मटमा दुई दिनसम्म सडक सम्वाद कार्यक्रम चल्नेछ ।




